सिरसा, 06 अक्टोबर (हि.स.)। स्थानीय पुलिसले नशा तस्करहरूमाथि लगाम कस्दै सिरसा जिल्लाको नाथूसरी चोपटा क्षेत्रबाट एक किलो अफीम सहित दुई तस्करलाई पक्राउ गरेको छ।
सीआईए प्रभारी सिरसा प्रेम कुमारले सोमवार बताए, पुलिस टीम एएसआई सुमित कुमारको नेतृत्वमा अपराधीहरूलाई समाउन र वाहन चेकिङको निम्ति कुताना माइनर भादरा रोड, नाथूसरी क्षेत्रमा तैनाथ थियो। यस अवधि भादरातिरबाट आइरहेको एक मोटरसाइकल सवार दुई युवकलाई रोकिने इशारा गर्दा उनीहरूले बाइक घुमाउने प्रयास गरे। पक्रा परेका आऱोपीहरूको पहिचान बबलू पुत्र पप्पू तथा कुलदीप उर्फ कुलवन्त पुत्र जगदीश राम निवासी सिरसाको रूपमा गरिएको छ। उनीहरूको तलाशी लिँदा उनीहरूको ब्यागबाट एक किलो 82 ग्राम अफीम जफत गरियो।
आरोपीहरू विरूद्ध थाना नाथूसरी चोपटामा एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ। नाथूसरी चोपटा थाना प्रबन्धक राधेश्यामले बताए, आरोपीहरूलाई अदालतमा पेश गरी पुलिस रिमान्डमा लिइनेछ र सोधपुछ गरी अफीम तस्करीको यस नेटवर्कसित जोड़िएका अन्य मानिसहरूबारे जानकारी हासिल गरिनेछ र उनीहरू विरूद्ध पनि कानूनी कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी