गान्तोक, 06 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले दार्जिलिङमा पैह्रोले ज्यानमाललाई गरेको व्यापक क्षतिको घटनाप्रति गहिरो दु:ख प्रकट गरेका छन्। उनले यस दु:खद घटनामा ज्यान गुमाउनेहरूको आत्मशान्तिको लागि प्रार्थना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले सोमवार सामाजिक सञ्जाल फेसबुक पोस्टमा दार्जिलिङमा विनाशकारी बाढी र पैह्रोको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन्। उनले यस ठूलो दुःखको समयमा समुदायको शक्ति र दृढ़ताले सबैलाई सहन र निको हुन मद्दत गरोस् भनी कामना गरेका छन्। उनले आफ्नो विचार र प्रार्थना प्रभावित परिवारहरूसँग रहेको उल्लेख गर्दै राहत र उद्धार प्रयासमा नि:स्वार्थ भावले काम गर्ने सबैप्रति गहिरो प्रशंसा व्यक्त गरेका छन्।
उल्लेखनीय छ, गत शनिवार राति परेको भारी वर्षाले दार्जिलिङ जिल्ला अन्तर्गत मिरिक क्षेत्रमा ज्यानमाललाई व्यापक क्षति गरेको छ। मिरिकका विभिन्न गाउॅंहरूमा पैह्रोको चपेटमा परेर 20 भन्दा धेरैले ज्यान गुमाएका छन् भने धेरै घाइते भएका छन्।
हिन्दुस्थान समाचार / बिशाल