शिमला, 06 अक्टोबर (हि.स.)। नशा विरूद्ध शिमला पुलिसको अभियान जारी छ। यस क्रममा एचआरटीसी बसमा सवार एक यात्रीबाट 30 ग्राम हेरोइन जफत गरिएको छ। आरोपीलाई पुलिसले पक्राउ गरेको छ, जो पञ्जाबको निवासी बताइएको छ। पुलिसलाई यो सफलता कालका-शिमला हाइवेमा शोघी कस्बामा रूटीन चेकिङको समय प्राप्त भयो।
एएसआई सुशील कुमार, प्रभारी स्पेशल सेल, शिमला आफ्नो टीम सहित आइतवार अबेर राति शोघी बैरियरमा वाहनहरूको चेकिङ गरिरहेको थियो। यस अवधि सोलनबाट शिमला आइऱहेको एचआरटीसी बस (नम्बर HP 64B-9734) लाई जाँचको निम्ति रोकियो। बसमा सवार एक यात्रीको तलाशी गर्दा उदेखि 30 ग्राम हेरोइन जफत भयो। आरोपीको पहिचान बलजीत सिंह (28) पुत्र जगतार सिंह, गाउँ कादरवाला, डाकघर कादरवाला, तहसील धरमकोट, जिल्ला मोगा (पञ्जाब) को रूपमा गरिएको छ।
पुलिसले घटनास्थलबाटै आरोपीलाई पक्राउ गऱ्यो। आरोपीले यो नशा कहाँबाट लिएर आएको थियो र कहाँ पुऱ्याउन गइरहेको थियो, यसको जाँच जारी छ। पुलिसले आरोपी विरूद्ध बालूगंज थानामा एनडीपीएस एक्ट अन्तर्गत केस दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी