चन्द्रकोनामा सेल्फ हेल्प ग्रुपका महिलाहरू अनि पञ्चायत सदस्यले देशी मदिरा विरोधी अभियान संचालन गरे
चन्द्रकोनामा सेल्फ हेल्प ग्रुपका महिलाहरू अनि पञ्चायत सदस्यले देशी मदिरा विरोधी अभियान संचालन गरे


चन्द्रकोना (पश्चिम मेदिनीपुर), 08 अक्टोबर (हि. स.)। जिल्लाको चन्द्रकोना दुई नम्बर ब्लकको दरबस्ती ग्राममा महिलाहरूले मिलेर देशी मदिराको अवैध कारबारविरूद्ध कड़ा अभियान संचालन गरे। स्थानीय सेल्फ हेल्प ग्रुपका महिलाहरूले हातमा लौरो लिएर सक्रिय भए। यस अभियानमा कुआँपुर 4 नम्बर ग्राम पञ्चायतकी महिला सदस्या रमा आरी पनि सामेल भइन्।

महिलाहरूले देशी मदिरा बिक्री गर्ने घर-घरमा पुगेर कड़ा चेताउनी दिए। उनीहरूले भने, अवैध मदिराको कारबारलाई सहन गरिनेछैन। ग्रामीणहरूको भनाइ छ, मदिराले गर्दा दिनहुँ घरमा कलह हुन्छ फलस्वरूप बाल-बालिकाहरू अस्वस्थ भइरहेका छन्।

अभियानको क्रममा ग्राम बड़ीमा प्रचुर मात्रामा मदिरा रहेको खबर पाएर डेपुटी एक्सरसाइज कलेक्टर पनि घटनास्थलमा पुगे। उनको निर्देशमा सबै मदिरालाई नष्ट गरियो। यस कारबाहीको कारणले ग्रामीणहरूले राहत अनि उत्साह महसूस गरिरहेका छन्।

महिला पञ्चायत सदस्य रमा आरीले बताइन्, यो पहल बाल-बालिका अनि परिवारको सुरक्षा तथा स्वास्थ्यको लागि गरिएको हो। ग्रामीणहरूले (एसएचजी) समूह तथा पञ्चायत सदस्यको साहस एवं सतर्कताको सराहना गरे।

स्थानीय प्रशासनले पनि महिलाहरूको यस कदमलाई स्वागतयोग्य बतायो। समूहका महिलाहरूले भने, यो अभियान निरन्तर जारी रहनेछ ताकि गाउँमा मादक पदार्थबाट हुने खतरालाई रोक्न सकियोस् अनि समाजमा सकारात्मक बदलाउ ल्याउन सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande