खड़गपुर, 8 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत मिशनको संकल्पलाई अगाड़ि बढ़ाउँदै खड़गपुर रेल मण्डलमा ‘स्वच्छता नै सेवा अभियान-2025’- को सफल आयोजन भयो। गत 17 सेप्टेम्बरदेखि 2 अक्टोबरसम्म संचालित यस अभियानमा रेलवे कर्मचारी, विद्यार्थी, सामाजिक संस्था, स्थानीय निकाय तथा आम नागरिकहरूले उत्साहपूर्वक भाग लिए।
“स्वच्छोत्सव” थीममाथि केन्द्रित यस अभियानमा 894 स्वच्छता एकाई (क्लीननेस टारगेट यूनिट)- को पहिचान गरी सफाई कार्य गरियो। यस अवधि स्वच्छता, जनजागरूकता, पर्यावरण संरक्षण तथा स्वास्थ्य सुरक्षासित सम्बन्धित दर्जनौं गतिविधिहरू आयोजित भयो।
अभियानको शुरुआत गत 17 सेप्टेम्बरको दिन स्वच्छता शपथ तथा जागरूकता कार्यक्रमबाट भयो जसमा पाँच हजारभन्दा अधिक प्रतिभागीहरूले भाग लिए। “स्वस्थ नारी, सशक्त परिवार” अभियान अन्तर्गत 15 वटा कार्यशालाहरू आयोजना गरियो। त्यसपछि 2 अक्टोबरसम्म विविध गतिविधिहरू अनि कार्यक्रमहरू आयोजना गरियो।अभियानको अन्तिम दिन अर्थात 2 अक्टोबर गान्धी जयन्तीको अवसरमा प्रभात फेरी, नाटक र स्वच्छता ऱ्यालीसँगसँगै स्वच्छ भारत दिवस पालन गरियो।
यसरी नै स्वच्छता पखवाड़ा औ विशेष अभियान 5.0 अभियान पश्चात 1 देखि 15 अक्टोबरसम्म ‘स्वच्छता पखवाड़ा-2025’ मनाइँदैछ। यसमा या जा ‘स्वच्छ स्टेशन’, ‘स्वच्छ रेलगाड़ी’, ‘स्वच्छ परिसर’, ‘स्वच्छ पर्यावरण’ तथा ‘नो टू सिंगल यूज़ प्लास्टिक’ जस्ता कार्यक्रमहरूलाई सामेल गरिएको छ।साथै विशेष अभियान 5.0 अन्तर्गत कार्यालयहरूमा स्वच्छता, ई-वेस्ट निस्तारण, रेकर्ड प्रबन्धन, लम्बित सिकायतहरूको छिनोफानो एवं सौन्दर्यीकरणको कार्य गरिँदैछ।
खड़गपुर रेल मण्डल प्रशासनको भनाइ छ, “स्वच्छता एउटा कार्यक्रम मात्र होइन, सााजिक परिवर्तनको अभियान हो। हाम्रो लक्ष्य रेलवे परिसरलाई स्वच्छ मात्र नबनाएर पर्यावरणीय रूपमा स्थायी बनाउनु पनि हो।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा