जाँजगीर-चाँपाको बम्बे मार्केटमा भयानक आगलागी, तीन वटा पसल र दुई वटा ठेला जलेर खरानी
जाँजगीर-चाँपाको बम्बे मार्केटमा भयानक आगलागी, तीन वटा पसल र दुई वटा ठेला जलेर खरानी


जाँजगीर-चाँपा,8 अक्टोबर (हि.स.)। छत्तीसगढ़को जाँजगीर-चाँपा जिल्लाको थाना शिवरीनारायण अन्तर्गत बम्बे मार्केटमा गए राती भीषण आगलागी भयो। घटना राती लगभग 1:30-देखि 2:00 बजेबीच भएको बताइएको छ। आगो अत्यन्त द्रूत गतिमा फैलियो जसले हेर्दा-हेर्दै शहरका तीन वटा ठूल्ठूला पसल र दुई वटा ठेलालाई आफ्नो चपेटमा लियो।

यस भीषण आगलागीमा न्यूनतम पनि तीन वटा ठूल्ठूला पसलहरू चपेटा परेका छन् जसमा चित्रा इलेक्ट्रनिक्स (प्रो. खगेन्द्र केसरवानी), कलकत्ता होजरी एवं बम्बे साड़ी सेल (प्रो. भागवत प्रसाद थावाइत), बम्बे सू हाउस (प्रो. राजदीप थावाइत), लालू पान ठेला र सन्तोष यादवको साइकिल ठेला पूर्ण रूपले जलेर खरानीमा परिणत भएको छ।

घटनाको सूचना पाउनसाथ शिवरीनारायण पुलिस तत्काल घटनास्थलमा पुग्यो। साथै छत्तीसगढ़ अग्निशमन सेवा, होम गार्ड जाँजगीर, न्यूको सिमेन्ट पावर प्लान्ट, प्रकाश इण्डस्ट्रीज लिमिटेड औ मड़वा पावर प्लान्टका अग्निशमन वाहनहरूले मिलेर आगोलाई नियन्त्रण गर्ने प्रयास गरे। कड़ा परिश्रमपछि आगोलाई नियन्त्रण गरियो।

स्थानीय व्यापारीहरूले बुधवार बिहान बताए, आगलागीमा 30-35 लाख रुपियाँको सामान जलेर नष्ट भएको छ। घटनापछि क्षेत्रका व्यवसायीहरूमा भय अनि आक्रोश दुवै व्याप्त भएको छ। व्यापारीहरूले प्रशासनसित उचित क्षतिपूर्ति तथा बजार क्षेत्रमा अग्निशमनको उचित व्यवस्था गर्ने माग गरेका छन्। हाल आगलागीको कारण पत्तो लाग्न सकेको छैन। शिवरीनारायण पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande