दक्षिण बंगालबाट 14 अक्टोबरसम्ममा विदा लिनेछ मनसुनले, जाड़ो शुरू हुनेछ
दक्षिण बंगालबाट 14 अक्टोबरसम्ममा विदा लिनेछ मनसुनले, जाड़ो शुरू हुनेछ


कोलकाता, 08 अक्टोबर (हि.स)। निम्नचाप औ चक्रवातीय परिसंचरणको प्रभावले अविरल वर्षा अनि विध्वंशपछि अब बंगालमा मौसम परिवर्तन हुने संकेत देखिएको छ। मौसम विभागानुसार दक्षिण बंगालबाट मनसुनले आगामी 12-14 अक्टोबरबीच विदा लिनसक्छ। त्यसपछि बिस्तारै तापमान घट्न शुरू हुनेछ अनि राज्यमा शीतलताको अनुभूति हुनेछ।

मौसम विभागको बयान मुताविक आगामी सप्ताहको अन्तसम्ममा कोलकाता र यस वरपरका क्षेत्रहरूमा न्यूनतम तापमान 20-22 डिग्री सेल्सियससम्म पुग्नसक् भने पश्चिमी जिलालाहरूमा यो 18-20 डिग्रीबीच रहनेछ।

विभागले बतायो, उत्तर बंगालबाट पनि आगामी 10-13 अक्टोबरबीच मनसुनले विदा लिने सम्भावना छ। आकाश सफा भएपछि घाम लाग्नको साथै दार्जीलिङका हिमालहरूदेखि लिएर कञ्चनजङ्घाको दर्शन गर्न सम्भव हुनेछ। सिलगढ़ी एवं सोनादा जस्ता तराई क्षेत्रहरूमाबाट पनि मनसुनले 15 अक्टोबरसम्ममा पूर्ण रूपले विदा लिनेछ।

विभागीय अनुमान अनुसार आगामी 25 अक्टोबरदेखि 5 नोभेम्बरबीच बंगालमा शीत ऋतु शुरू भएको महसूस हुनेछ। बिहान हल्का जाड़ो र दिउँसो केही गर्मी तथा साँझ पर्नसाथ मौसम रमाइलो हुनेछ।

8-देखि 10 अक्टोबरसम्म हल्का वर्षा हुने सम्भावना-

मौसम विभागले चेताउनी दिएको छ, 8 देखि 10 अक्टोबरबीच दक्षिम बंगालका झाड़ग्राम, पश्चिम र पूर्व मेदिनीपुर, हावड़ा, हुगली, नदिया, उत्तर औ दक्षिण 24 परगना तथा कोलकातामा कता-कता हल्कादेखि मध्यम वर्षा हुनको साथै वज्रपात हुनसक्छ।

झारखण्डमा बनेको चक्रवातीय परिसंचरणको कारणले आज दक्षिण बंगालका केही भागहरूमा छरिएको हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ जुन शुक्रवारसम्म जारी रहनसक्छ। तथापि शनिवारदेखि वर्षा घट्नेछ। यदि बंगालको खाड़ीमा कुनै नयाँ निम्नचाप बनिएन भने आगामी दिनमा वर्षा हुने सम्भावना रहनेछैन। हावामा नमी घटेर मौसम शुष्क हुन थाल्नेछ।

दार्जीलिङ, जलपाईगुड़ी औ कुचबिहार जिल्लामा बिहीवारस्म हल्कादेखि मध्यम वर्षा हुनसक्छ। त्यसपछि उत्तर बंगालमा पनि भारी वर्षाको गतिविधि कम हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande