तमलुकको गहना पसलमा डकेटीकाण्डः दासपुरबाट अर्को सुन पसलका मालिक पक्राउ
तमलुकको गहना पसलमा डकेटीकाण्डः दासपुरबाट अर्को सुन पसलका मालिक पक्राउ


पूर्व मेदिनीपुर , 8 अक्टोबर (हि.स.): पूर्व मेदिनीपुर जिल्लाको तमलुकमा भएको चर्चित सुन पसलमा भएको डकेटीकाण्डमा पुलिसले ठूलो सफलता हासिल गरेको छ। पुलिसले यस घटनामा संलिप्त अर्को आरोपी पश्चिम मेदिनीपुर जिल्लाको दासपुर निवासी जयन्ती ज्वेलर्सका मालिक देवाशीष सामन्तलाई पक्राउ गरेको छ। गए मंगलवार पुलिसले सबै आरोपीहरूलाई तमलुक अदालतमा पेश गऱ्यो।

पुलिस सूत्र अनुसार गत २२ सेप्टेम्परको दिन तमलुकको मिलन नगर क्षेत्रस्थित एक सुन पसलबाट 50 लाख रुपियाँ नगद र सुन चोरी भएको थियो। यस मामिलामा पहिला नै तीनजना आरोपीलाई पक्राउ गरिसकिएको छ। पुलिसको जाँचमा यो पनि सामु आएको छ, चोरी गरिएको सुनलाई दासपुरका व्यापारी देबाशीष सामन्तले खरिद गरेका थिए।

तमलुक थानाको पुलिसले लगातार निगरानी तथा तकनिकी सर्वेक्षणको माध्यमबाट यस सम्पूर्ण नेटवर्कको भण्डाफोर ग ऱ्यो। भनिन्छ, तीनै मुख्य आरोपी क्रमैले पाँश्कुड़ा थाना क्षेत्रको कृष्णनगर गाउंको बाप्पादित्य बाग, उसको छिमेकी दिलीप माइति औ पश्चिम मेदिनीपुरको दासपुर निवासी श्रीकान्त माजीलाई पुलिसले लगभग 172 वटा सीसीटीभी क्यामराको फुटेजको आधारमा ट्र्याक गरेको थियो।

जाँचमा यो पनि पत्तो लाग्यो, डकेटी पश्चात आरोपीहरू शहीद मातंगिनी ब्लकको खारूई हुँदै रूपनारायण नदीको किनार हुँदै कोलागाट पार गरेर दासपुर पुगेका थिए। यिनीहरूकै सहयोगले पुलिसले यस सम्पूर्ण गिरोहको उजागार गऱ्यो।

अहिलेसम्ममा यस मामिलामा चारजनालाई पक्राउ गरिसकिएको छ र अन्य भगौड़ा आरोपीहरूलाई पनि चाँड़ै पकराउ गर्ने पुलिसले दाबीगरेको छ। तीनै मुख्य आरोपी हाल छः दिनको पुलिस हिरासतमा छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande