कोकराझाड़ (असम), 08 अक्टोबर (हि.स.)। तामारहाटको मेसपारा क्षेत्रमा गए मंगलवार राती पुलिस हिरासतमा एकजना युवकको संदिग्ध मृत्यु भएपछि क्षेत्रमा तनाउ फैलिएको छ। मृत युवकको पहिचान मनोहारी रायको रूपमा भएको छ जसको मृत्यु कथित रूपमा पुलिसको कुटाईले गर्दा भएको बताइएको छ। यस घटनाबाट कोच-राजवंशी समुदायमा गहिरो आक्रोश व्याप्त भएको छ। उनीहरूले न्याय तथा दोषीहरूलाई पक्राउ गर्ने माग गरिरहेका छन्।
स्थानीय सूत्र अनुसार यस घटनामा प्राथमिकी दर्ता गरिएको छ जसमा सब-इन्स्पेक्टर कपिल बोरालाई मुख्य आरोपी बताइएको छ जसमाथि युवकको कुटेरै ज्यान लिएको आरोप छ। क्षेत्रमा व्यापत तनाउबीच स्थानीय मानिसहरूले आरोपी पुलिसकर्मीविरूद्ध कड़ा कारबाही गर्ने माग गरिरहेका छन्।
गए मंगलवार अबेर राती असमका पुलिस महानिरीक्षक (आईजीपी) अखिलेश कुमार सिंहले मेसपारामा पुगेर स्थितिको जायजा लिए अनि मृतक परिवारसित भेट गरे। उनले परिवारलाई निष्पक्ष जाँच गर्ने आश्वासन दिँदै भने, दोशीलाई कुनै पनि मूल्यमा छाड़िनेछैन। यस अवधि धुबड़ीका पुलिस अधीक्षक देबाशीष बोरा पनि उनको साथमा उपस्थित थिए जसबाट मामिलाको गम्भीरता स्पष्ट रूपमा झल्किन्छ।
घटनाको निष्पक्ष जाँच गर्नको लागि उच्चस्तरीय जाँच दल गठन गरिएको छ। पुलिस विभागको भनाइ छ, आन्तरिक जाँच जारी छ जबकि आम जनता तत्काल न्याय अनि संस्थागत जवाफदेहीको मागमा अडिग छन्।
प्रशासनले स्थानीय नागरिकहरूसित शान्ति कायम राख्न अनि जाँच प्रक्रियामा सहयोग गर्ने अपील गरेको छ साथै आश्वासन दिएको छ, कानून व्यवस्थालाई कायम राखिनेछ अनि मामिलाको हरेक पाटो र पक्षको गहिराई पूर्वक जाँच गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा