छोरा र पत्नीको हत्या गरेपछि आफूले गऱ्यो आत्महत्या
छोरा र पत्नीको हत्या गरेपछि आफूले गऱ्यो आत्महत्या


मुर्शिदाबाद, 08 अक्टोबर (हि. स.)। पश्चिम बंगालमा मुर्शिदाबाद जिल्लाको बेलडांगा थाना अन्तर्गत आंदीरन हलदार पाड़ा गाउँमा गए मंगलवार अबेर राती एकजना व्यक्तिले आफ्नै पत्नी र सात वर्षीय छोराको गला रेटेर हत्या गरेपछि आफूले फाँसी लगाएर आत्महत्या गऱ्यो।

पुलिस सूत्र अनुसार मृतकहरूको पहिचान सञ्जीत हलदार (40), मौसुमी हलदार (28) एवं उनीहरूका सात वर्षीय छोरा रेहान हलदारको रूपमा भएको छ। पुलिसको प्रारम्भिक जाँच अनुसार पति-पत्नीबीच पारिवारिक कलह भएको कारणले यस्तो पीड़ादायी घटना भएको हो।

पुलिस सूत्र मुताविक गए मंगलवार राती सञ्जीत हलदारले आफ्नो कोठामा काठ काट्ने आरीले पत्नी र छोराको गला रेटेर हत्या गरिदियो, त्यसपछि आफूले पंखामा झुण्डेर आत्महत्या गऱ्यो। बुधवार बिहान बाथरूम जानको लागि उठेकी सञ्जीतकीआमाले झ्यालबाट हेर्दा छोरालाई झुण्डिरहेको देखिन्। उनले चिच्याउँदै गुहार मागेपछि छर-छिमेकका मानिसहरू आए अनि ढोका भत्काएर भित्र पस्दा त्यहाँको दृश्य देखेर स्तब्ध भए। सञ्जीतकी पत्नी र छोराको रगताम्मे शव लड़िरहेको थियो।

तत्कालै बेलडांगा थानालाई सूचना दिइयो। पुलिसले घटनास्थलमा पुगेर तीनैजनाको शवलाई पोस्टमर्टम गर्नको लागि मुर्शिदाबाद मेडिक कलेजमा पठाइदियो। पुलिसले अब यो जाँच गरिरहेको छ कि यस नृशंस घटनाको पछाड़ि अन्य कुनै कारण त छैन।

स़ञ्जीतकी आमाले बताइन्, मेरी बुहारी राम्रो थिइन। उसैले गर्दा यस्तो भएको हो। एकपटक उसले घर छोड़ेर गएकी थिई पछि फेरि फर्केर आई।

सञ्जीतकी बहिनी शिवानी मण्डलले बताइन्, मेरो दाज्युले आफ्नी पत्नीलाई धेरै माया गर्थे। उसले सदैव भन्ने गर्थ्यो, कसैले पनि मेरो पत्नीलाई केही नभन।

छिमेकी मंगल हलदारले बताे, पती-पत्नीबीच प्रायजसो नै झगड़ा भइरहन्थ्यो। तर कारण हामीलाई थाहा थिएन। पूजाको समयमा पनि यी दुई सँगै कपड़ा खरिद गर्न गएका थिए। सञ्जीतले राजमिस्त्रीको काम गर्थे, कुनै प्रकारको नशाको उसलाई आदत थिएन। बेलडांगा थानाको पुलिस घटनाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande