33 ग्राम ब्राउन शुगरको साथ दुई नेपाली र एक भारतीय पक्राउ
33 ग्राम ब्राउन शुगरको साथ दुई नेपाली र एक भारतीय पक्राउ


अररिया, 09 अक्टोबर (हि.स.)। एसएसबी 56औं वाहिनीको बाह्य सीमा चौकी ई समवायको तर्फबाट बेला वार्ड संख्या आठमा छापा मारेर 33 ग्राम ब्राउन शुगरको साथ तीन तस्करलाई पक्राउ गरियो।

एसएसबीले यो कारबाही बुधवार साझँ भारत नेपाल सीमा स्तम्भ संख्या 197/4 निकट भारतीय परिक्षेत्रमा लगभग सय मीटरको दूरीमा गऱ्यो। पक्रा परेका तस्करहरूमा दुई नेपाली नागरिक र एक भारतीय नागरिक सामेल छन्।

तस्कर नेपालबाट भारतीय क्षेत्रमा ब्राउन शुगरको डेलिवरीको निम्ति पुगेका थिए तर त्यही समय एसएसबीको विशेष नाका टीमले तस्करहरूलाई ब्राउन शुगरको साथ बसमतिया थाना पुलिसलाई सुम्प्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande