गान्तोक, 09 अक्टोबर (हि.स.)। मल्ली चेकपोस्टमा दुई जनालाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिहरूको नाम मनिस तामाङ र पासाङ ल्हमु शेर्पा बताइएको छ। उनी दुवै जोरथाङ माझीगाउॅं निवासी हुन्।
पुलिस रिपोर्टअनुसार, बुधवार मनिस तामाङ र पासाङ ल्हमु शेर्पालाई मल्ली चेकपोस्टमा संदिग्ध अवस्थामा पक्राउ गरियो। छानबिनको क्रममा मनिसबाट 2.19 ग्राम र पासाङ ल्हमु शेर्पाबाट 15.14 ग्राम संदिग्ध ब्राउन शुगर जफत गरियो।
आरोपीहरू विरुद्ध मल्ली पुलिस थानामा एनडीपीएस अधिनियम, 1985 र बीएनएस 2023 को धारा 3(5) अन्तर्गत मामिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल