जम्मू-कश्मीरमा भाजपाको प्रदर्शन निराशाजनक, सार्थक विकासरहित रहेको छः सकिना इटु
जम्मू-कश्मीरमा भाजपाको प्रदर्शन निराशाजनक, सार्थक विकासरहित रहेको छः सकिना इटु


श्रीनगर, 9 अक्टोबर (हि.स.)। जम्मू-कश्मीरकी शिक्षा मन्त्री सकिना इटुले बिहीवार भारतीय जनता पार्टी (भाजपा)-माथि तीव्र प्रहार गर्दै पूर्ववर्ती राज्यलाई विभाजित गरेको अनि आफ्नो वाचाहरूलाई पूरा गर्नमा भाजपा असफल रहेको आरोप समेत लगाइन्।

श्रीनगरमा पत्रकारहरूसित बातचित गर्दै सकिनाले भनिन्, पछिल्लो एक वर्षमा जम्मू-कश्मीरमा भाजपाको प्रदर्शन निराशाजनक र सार्थक विकास रहित रहेको छ। भाजपाका 28 जना विधायकहरूले आफ्नो एक वर्षको कार्यको ब्यौरा पेश गर्नुपर्छ। हामीले बाधाहरूको सामना गरेर पनि एक वर्षमा धेरै कुरा हासिल गऱ्यौं। भाजपाले ऐतिहासिक जम्मू-कश्मीर राज्यलाई विभाजित गऱ्यो अनि यहाँका मानिसहरूको लागि केही पनि गरेन।

शिक्षामन्त्रीले आरोप लगाइन्, भाजपाका नीतिहरूले जम्मू-कश्मीरको विशिष्ट पहिचानलाई खोसेको छ र शासमाथि जनताको विश्वासलाई समाप्त गरिदिएको छ। उनले अझ भनिन्, हामीलाई आशा छ, सुप्रीम कोर्टले जम्मू-कश्मीरलाई राज्यको दर्जा बहाल गर्नेछ।

सकिना इटुको टिप्पणी यस्तो समयमा आएको छ जतिबेला राज्यको दर्जा बहान गर्ने मागलाई लिएर राजनीतिक बहस तीव्र भएको छ साथै केही क्षेत्रीय नेताहरूले केन्द्रमाथि संसदमा गरिएका आफ्ना वाचाहरूलाई पूरा गर्ने चाप दिरहेका छन्।

सकिना इटुले भनिन्, उनको सरकारको ध्यान संस्थाहरूको पुनर्निर्माण, शिक्षालाई सुदृढ़ बनाउने तथा समावेशी विकास सुुनिश्चित गर्नेमाथि केन्द्रित छ जुन भाजपाको विभाजनकारी नीति विपरीत छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande