रतन टाटाको पहिलो पुण्यतिथिमा मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली
रतन टाटाको पहिलो पुण्यतिथिमा मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली


गुवाहाटी, 9 अक्टोबर (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार देशका महान उद्योगपति रतन टाटालाई उनको पहिलो पुण्यतिथिमा आफ्नो श्रद्धाञ्जली अर्पण गरेका छन्।

मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमबाट एउटा पोस्ट साझा गर्दै भनेका छन्, उनको पहिलो पुण्यतिथिमा म महान रतन टाटालाई स्मरण गर्दछु जसको भारतप्रतिको प्रेम र असमप्रतिको पागलपन असिम थियो।

मुख्यमन्त्रीले भनेका छन्, मेरो उनीसितको सम्बन्ध वर्षौं पुरानो हो र मलाई उनीसित धेरैवटा ऐतिहासिक परियोजनाहरूमा काम गगर्ने सौभाग्य प्राप्त भयो जसले वर्षौंदेखिको असमको दिशा नै परिवर्तन गरिदिएका छन्। स्वास्थ्य सेवादेखि लिएर उद्योग तथा अन्य पनि धेरै कुराहरू। विभिन्न क्षेत्रहरूमा अगाड़ि बढ़्ने क्रममा उनको उपस्थितिको अभाव महसूस हुन्छ। यस्ता महान आत्मालाई म आफ्नो हृदयको गहिराईबाटै श्रद्धाञ्जली अर्पण गर्दछु।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande