कोलकाता, 09 अक्टोबर (हि.स.)। उत्तर बंगालमा घना वर्षाले निम्ताएको बाढ़ी अनि पैह्रो जस्ता प्राकृतिक आपदाले दार्जीलिङका लगभग 30-35 वटा चिया बगानहरूमा व्यापक क्षति पुऱ्याएको छ। यस आपदाको कारणले चिया उत्पादन, श्रमिकहरूको घर, सड़क मार्ग आदिलाई ठूलो क्षति पुगेको छ। उद्योगसित सम्बन्धित मानिसहरू अनुसार अहिलेसम्ममा लगभग 50 करोड़ रुपियाँको नोक्सान भएको आशंका व्यक्त गरिएको छ।
दार्जिलिङका चिया उत्पादकहरूले बताए, धेरै वटा चिया बगानमा चियाका बुट्टाहरूलाई पूर्ण रूपले बगाएको छ जसबाट बगानको उप्जाऊ भूमि स्थायी रूपमा नष्ट भएको छ। उद्योगपति एसएस बगरियाले भने, उनीहरूको समूहका तीन वटा बगानहरू सहित सम्पूर्ण चिया उद्योगलाई घना वर्षा र पैह्रोले न्यूनतम पनि 50 करोड़ रुपियाँको नोक्सान पुऱ्याएको छ।
चामोंग टीका चेयरम्यान अशोक लोहियाले भने, दार्जिलिङका 71 वटा परिचालित चिया बगानहरूमध्ये 50 प्रतिशत बगान पूर्ण रूपले प्रभावित भएको छ। उनले बताए, अविरल वर्षाको कारणले दुई-तीन दिनसम्म बिजुली र कामकाज ठप्प रह्यो। बुधवार बिजुली बहाल गरियो, तर आन्तरिक सड़कहरूको दुर्दशनाको कारणले श्रमिकहरू बगानसम्म आउन सकेनन्।
लोहियाले भने, प्रशासन र जीटीए सड़क मार्गहरूलाई बहाल गर्ने कार्यमा जुटेको छ, तर सबैभन्दा ठूलो आवश्यकता भनेको बगानभित्रका सड़कहरूलाई सुगम बनाउनु हो ताकि श्रमिकहरू काममा फर्किन सकुन्। उनले बताए, क्षय-क्षतिको मूल्यांकन गर्नको लागि बिहीवार उद्योगपतिहरूको बैठक डाकिएको छ।
लोहियाले यो पनि भने, अक्टोबर-नोभेम्बरमा हुने ‘अटम फ्लश’ अर्थात शरद ऋतुको फसल जुन वार्षिक उत्पादनको लगभग 15 प्रतिशत हुन्छ, अब संकटमा परेको छ। यदि सड़क सम्पर्क चाँंड़ै बहाल भएन भने उत्पादनमाथि गम्भीर प्रभाव पर्नेछ।
दार्जिलिङ टी एसोसिएशनका प्रधान सल्लाहकार सन्दीप मुखर्जीले भने, यस प्राकृतिक आपदाले विशेष मिरिक तथा पोख्रेबुङ क्षेत्रका बगानहरूलाई व्यापक क्षति पुऱ्याएको छ। औसतन प्रत्येक प्रभावित बगानमा 2 देखि 2.47 एकड़ चिया उत्पादक भूमि पैह्रोमा बगेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा