कोलकाता, 09 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा पछिल्लो 22 वर्षको अन्तरालमा मतदाताहरूको संख्यामा आएको असामान्य वृद्धिले चुनाउ आयोगको चिन्तालाई बढ़ाइदिएको छ। वर्ष 2002-देखि 2024 बीच राज्यमा मतदाताहरूको जनसंख्या लगभग 66 प्रतिशत वृद्धि भएको छ जुन देशका सबैभन्दा ठूलो राज्यहरूमा सबैभन्दा अधिक हो।
सूत्र अनुसार चुनाउ आयोगले आगामी दिनमा विधानसभा चुनाउ-2026 पूर्व विशेष गहन पुनरीक्षण अवधि यस मुद्दामाथि विशेष ध्यान दिनेछ। अधिकारीहरूको मान्यता छ, यस प्रक्रियाा मृतक वा स्थानान्तरित मतदाताहरूको नामलाई हटाइने सम्भावना अधिक छ।
मुख्य निर्वाचन अधिकारीको कार्यालयका एकजना वरिष्ठ अधिकारीले बताए, यस अवधिमा मतदाताहरूको तर्कसंगत वृद्धि लगभग 48-देखि 50 प्रतिशतबीच हुनपर्थ्यो, तर बंगालमा 65.8 प्रतिशतसम्म पुगेको छ। यो वृद्धि राष्ट्रिय औसतभन्दा धेरै अधिक हो र आयोगको लागि चिन्ताको विषय पनि।
आयोगको आँकड़ा अनुसार वर्ष 2002- मा बंगालमा मोठ मतदाता संख्या 4.58 करोड़ थियो जुन अहिले वर्ष 2024 -मा बढ़ेर 7.60 करोड़ पुगेको छ। अधिकारीहरू अनुसार यस्तो द्रूत वृद्धि जनसंख्या वृद्धिबाट मात्र भएको हो भन्ने कुरा बुझ्न सकिएको छैन।
भाजपाले मतदाता सूचीमा यस असामान्य वृद्धिलाई “बंगलादेशबाट आएका अवैध अनुप्रवेशकारी”- को प्रविष्टिको परिणाम बताएको छ। पार्टीको भनाइ छ, आयोगले यसमाथि कड़ा कारबाही गर्नुपर्छ। भाजपाका एकजना पदाधिकारीले भने, राजारहाट-गोपालपुर, बनगाउं, बारासात र नदियाका कतिप क्षेत्रहरूमा पछिल्लो केही वर्षभित्रमा 16-18 प्रतिशतसम्म मतदाता संख्या बढ़ेको छ। यदि सही ढंगबाट पुनरीक्षण भयो भने लगभग एक करोड़ अनुप्रवेशकारीहरू चिन्हित हुन सक्नेछन्।
अर्कोतिर मुख्यमन्त्री ममता ब्यनर्जी औ तृणमूल कंग्रेसले भाजपाको आरोपलाई पूर्ण रूपले खारेज गरिदिएका छन्। ममताले हालैमा भनेकी थिइन्, “बिहारको पुनरीक्षण एनआरसी अपडेटभन्दा तल्लो स्तरको छ” र उनले चेताउनी दिएकी थिइन्, “अब असली निशाना बंगाल हुनसक्छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा