दिउँसै सुन पसलबाट गहना लिएर अपराधी भाग्यो
दिउँसै सुन पसलबाट गहना लिएर अपराधी भाग्यो


जलपाइगढ़ी, 09 अक्टोबर (हि. स.)। भीड़भाड़ भएको बजारमा अपराधीले दिउँसै सुन पसलबाट गहना लिएर भाग्यो। यस घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। यो घटना बिहीवार बिहान लगभग 11:30 बजे जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत भुटकिहाटमा भएको हो।

भनिन्छ, सुन व्यापारी सुधीर रायले सदैव पसल बन्द भएपछि ब्यागमा गहनाहरू भरेर घरमा लैजान्थे अनि बिहान पसलमा लिएर आउँथे। आज पनि व्यापारी राय आफ्नो पसल खोल्न आएका थिए। गहनाले भरिएको ब्यागलाई पसलभित्रै राखेर नजिकै पानी ल्याउन गएका थिए। केही मिनटमा फर्केर आउँदै ब्यागसितै गहना हराइसकेको थियो। दिउँसै बजारमा भएको यस घटनाबाट स्थानीय व्यापारीहरू स्तब्ध भएका छन्। खबर पाउनसाथ राजगञ्ज थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले सीसीटीभी फुटेज जाँच गरेपछि अपराधीलाई धरपकड़ गर्न जुट्यो। अपराधीले लगभग अढ़ाई लाख रुपियाँको गहना लिएर भागेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande