हात्तीको हमलामा व्यक्तिको मृत्यु, विधायकले परिवारलाई दिए पाँच लाखको चेक
हात्तीको हमलामा व्यक्तिको मृत्यु, विधायकले परिवारलाई दिए पाँच लाखको चेक


जलपाइगढ़ी, 09 अक्टोबर (हि.स.)। हात्तीको हमलामा मारिएका एकजना व्यक्तिको परिवारलाई बिहीवार राजगञ्जका विधायक खगेश्वर रायले पाँच लाख रुपियाँको चेक सुम्पिएका छन्।

घटना गत मंगलवार राती राजगञ्ज ब्लकको मंतादारी ग्राम पञ्चायतको गाजोलडोबा संलग्न सरस्वतीपुर चिया बगान क्षेत्रमा भएको थियो। मृतकको नाम लालु उराँव (42) हो जो पेशाले चिया श्रमिक थिए। घटनापछि बिहीवार विधायक खगेश्वर रायले मृतक परिवारलाई क्षतिपूर्तिस्वरूप चेक प्रदान गरे।

यस अवधि विधायक खगेश्वर रायले भने, विधानसभा क्षेत्रका एकजना मानिसको हात्तीको हमलामा परी मृत्यु भएको थियो। पीड़ित परिवारलाई पाँच लाख रुपियाँको सरकारी चेक सुम्पिइएको छ। साथै परिवारका एकजना सदस्यको लागि नोकरीको व्यवस्था पनि गरिनेछ। हामी पीड़ित परिवारको साथमा छौं। यस अवसरमा राजगञ्ज पञ्चायत समिति अध्यक्ष रूपाली दे सरकार, आमबाड़ी रेञ्जका रेञ्जर पुकार तामाङ र सामाजिक कार्यकर्ता अरिन्दम ब्यनर्जी पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande