तृतीय श्रेणीको प्रत्यक्ष भर्ती परीक्षाको परिणाम 10 अक्टोबरमा घोषणा हुनेछः सीएम
तृतीय श्रेणीको प्रत्यक्ष भर्ती परीक्षाको परिणाम 10 अक्टोबरमा घोषणा हुनेछः सीएम


गुवाहाटी, 9 अक्टोबर (हि.स.)। असममा दोस्रो पटक सत्तासिन हुनसाथ मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यमा सरकारी नोकरी दिने घोषणा गरेका थिए। यसै क्रममा सरकारले अहिलेसम्ममा लगभग डेढ़ लाख नोकरी दिसकेको छ। आफ्नो घोषणाको आँकड़ालाई सरकारले पहिला नै पूरा गरिसकेको छ। मुख्यमन्त्री डा. सरमाले सरकारी नोकरीको घोषित लक्ष्यलाई अझ बढ़ाइदिएका छन्।

मुख्यमन्त्री डा. सरमाले बिहीवार सोशल मीडिया फेसबुकको माध्यमबाट जारी एक सूचना अनुसार असम प्रत्यक्ष भर्ती परीक्षा (एडीआरई) अन्तर्गत तृतीय श्रेणीको परिणाम 10 अक्टोबरको बिहान 10.30 बजे घोषणा गरिनेछ। मुख्यमन्त्रीले सबै परीक्षार्थीहरूलाई आफ्नो हार्दिक शुभकामना पनि दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande