जलपाइगढ़ी, 09 अक्टोबर (हि.स.)। सोमवार मालदा उत्तरबाट भाजपा सांसद खगेन मुर्मू र सिलगढ़ी विधायक शंकर घोषमाथि हमला मामिलामा पुलिसले थप दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूको नाम शाहनूर आलम र तोफैल हुसैन हो। दुवैलाई बिहिवार बिहान सुलकापाड़ा क्षेत्रबाट पक्राउ गरिएको छ। यसका साथै यस मामिलामा कूल चार जना पक्रा परिसकेका छन्।
उल्लेख्य, सोमवार खगेन र शंकर बामनडांगामा बाढ़ीको स्थितिको जायजा लिन पुगेका थिए। त्यहाँ उनलाई विरोधको सामना गर्नुपरेको थियो। सैकड़ौं मानिसहरूले उनीहरूमाथि लौरो, ढुंगा र जुत्ताले हमला गरे। नदीबाट ढुंगा उठाएर उनको कारमाथि फ्याँकियो। हमलामा खगेनको टाउको फुट्यो। शंकर पनि घाइते भएका थिए। पछि दुवैलाई सिलगढ़ीको एक निजी अस्पतालमा भर्ती गराइय़ो। खगेन मुर्मूको अहिलेपनि उपचार चलिरहेको छ।
यद्यपि, शंकर घोषलाई छुट्टी दिइएको छ। सोमवार भाजपाको तर्फबाट हमलाको क्रममा आठ जना विरूद्ध पुलिसमा शिकायत दर्ता गराइएको थियो। तर 54 घण्टापछि पनि पुलिसद्वारा कसैलाई पक्राउ नगरिँदा प्रश्न उठ्न थालेको थियो। अन्ततः बुधवार पुलिसले आक्रमणकारीहरू विरूद्ध कारबाही गऱ्यो र थप दुईलाई पक्राउ गऱ्यो। पक्रा पर्नेहरूको नाम एकरामुल हक र गोविन्दा शर्मा बताइएको छ। आज बिहानपनि पुलिसले थप दुई जनालाई पक्राउ गरेको छ। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी