रायपुरमा स्टाफ नर्सको शव भेटियो, पुलिस जाँचमा जुट्यो
रायपुरमा स्टाफ नर्सको शव भेटियो, पुलिस जाँचमा जुट्यो


रायपुर, 09 अक्टोबर (हि.स.)। राजधानी रायपुरको एमएमआई अस्पतालमा नर्सिङ स्टाफको पदमा कार्य़रत नर्सको रगतमा लतपत शव बिहिवार बिहान घरको कमरामा भेटिएको छ। मृतकको पहिचान प्रियंका दास (23) को रूपमा गरिएको छ। घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुगेको छ।

टिकरापारा थाना पुलिसबाट प्राप्त जानकारी अनुसार, प्रियंका दास गत एक महिनादेखि पचपेड़ी नाका स्थित भाड़ाको घरमा बसिरहेकी थिइ। उ एमएमआई अस्पतालमा नर्सिङ स्टाफको पदमा काम गर्थिन्। प्रियंका दास मूल रूपमा चिरमिरी जिल्लाको बासिन्दा थिइ। हत्याको घटना अबेर राति भएको आशंका व्यक्त गरिएको छ।

आज बिहान जब प्रियंकाकी रूम-मेट उलाई भेट्न उसको कमरामा पुग्दा प्रियंकाको हत्या भएको जानकारी पाइयो। मृतकाको शरीरमा छूरीको तीन घाउँ पाइएको छ। टिकरापारा पुलिस र फोरेन्सिकको टीम घटनास्थलमा पुगेर मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande