
- परिवारले आफूमाथि केरोसिन खन्यायो अनि युवक बिजुलीको तार समात्न पोलमा चढ़्यो
इन्दौर, 14 नोभेम्बर (हि.स.)। मध्य प्रदेशको इन्दौर शहरमा अन्नपूर्णा ट्रष्टको जमीनमा वर्षौंदेखि कायम अतिक्रमणलाई हटाउनको लागि पुगेको नगरनिगमको रिमुभल टीमलाई गए शुक्रवार विरोधको सामना गर्नु पऱ्यो। जमीन कब्जाउने परिवारका सदस्यहरूले आक्रोशित भएर अधिकारीहरूसित बहस गर्न थाले। अतिक्रमणलाई हटाउन पुगेको टीमलाई देखेर परिवारका केही सदस्यहरूले आफैमाथि केरोसिन खन्याए। एकजना सदस्य त झन् बिजुलीको पोलमा चढ़्यो भने युवती छानामाथि। सबैले आत्मदाह अनि आत्महत्या गर्ने धम्की दिन थाले। अधिकारी अनि पुलिसकर्मीहरूले तुरून्तै केरोसिनलाई सफा गरेर परिवारलाई आत्मदाह गर्नदेखि रोक्यो।भनिन्छ, शहरको अन्नपूर्णा ट्रष्टको जमीनमा चार वटा परिवारले कब्जा जमाएका थिए। कैयौं पटक उनीहरूलाई नोटिस दिसकिएको भए पनि उनीहरू त्यहाँबाट हट्न तयार थिएनन्। बिहान नगरनिगमको टीमलाई देख्नसाथ मानिसहरूले विरोध गर्न शुरू गरे। कसैले आफैमाथि केरोसिन खन्याएर आत्मदाह गर्ने धम्की दिए। निगम कर्मचारीहरूले उनीहरूको शरीरमा पानी खन्याइदिए। यस अतिरिक्त एकजना युवतीले टीनको छानोमा चढ़ेर आत्महत्या गर्ने धम्की दिन थाली। रिमुभल टीम सहित पुलिसकर्मीहरूले पनि विरोध गरिरहेका युवकहरूलाई हिरासतमा लिए। त्यसपछि उनीहरू सबैलाई बलपूर्वक पुलिस वाहनसम्म ल्याएपछि घरलाई भत्काउन शुरू गरियो।बताइन्छ, अन्नपूर्णा ट्रष्टको जमीनमाथि कब्जालाई लिएऱ प्रशासनलाई सिकायत गरिएको थियो। प्रशासनिक जाँचमा जमीनमाथि कब्जा गरेको सही साबित भयो। घर बनाएर बस्तै आइरहेका मानिसहरूको भनाइ थियो, उनीहरू कैयौं वर्षदेखिको त्यस जमीनमा बस्दै आइरहेका छन्। ट्रष्टलाई जमीन आवन्टन गर्दा नै उनीहरू अन्यत्र जानुपर्थ्यो। यहाँबाट हटाइयो भने हामी बेघर हुनेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा