
- नामप्रिकदाङमा पहिलो 'रिभर राफ्टिङ गन्तव्य' को उद्घाटन
मङ्गन, 15 नोभेम्बर (हि.स.)। साहसिक पर्यटनको क्षेत्रमा जङ्गु ठूलो फड्को मारेको छ। जङ्गु र उत्तर सिक्किमकै लागि एक प्रमुख विकासको रूपमा मन्त्री तथा क्षेत्र विधायक पिन्चो नामग्याल लेप्चाले आज नामप्रिकदाङमा पहिलो 'रिभर राफ्टिङ गन्तव्य' को उद्घाटन गरे। रोमाञ्च, प्रकृति र बाहिरी अनुभवहरूको लागि यो नयाँ गन्तव्य उत्साही स्थानीय युवाहरूको समूह रोङयोङ एडभेन्चर जङ्गु (आरएडी) ले शुरू गरेको हो।
रिभर राफ्टिङ साहसिक गन्तव्यको उद्घाटन गरेपछि मन्त्रीले रिभर राफ्टिङको आनन्द पनि लिए। मन्त्रीको साथमा पर्यटन एवं नागरिक उड्डयन विभागका अध्यक्ष सोनाम नोर्गे लाचुङ्गपा, जिल्ला अध्यक्ष कादो लेप्चा, उपाध्यक्ष सोनाम किपा भोटिया, बागवानी विभागकी अध्यक्ष ओङ्कित लेप्चा आदि पनि सामेल थिए।
मन्त्री लेप्चाले यस नयॉं साहसिक पर्यटन गन्तव्यको लागि युवाहरूको समूह आरएडी र जङ्गुका जनतालाई बधाई दिए। उनले यस पहलको सराहना गर्दै यसलाई राज्यको पर्यटन क्षेत्र, विशेषरूपमा जङ्गुको लागि ठूलो कदम ठहर गरे। उनले यस नयॉं गन्तव्यमा थप सुविधाहरू सुनिश्चित गर्न आफ्नो तर्फबाट हर सम्भव समर्थनको आश्वासन दिए।
हिन्दुस्थान समाचार / बिशाल