मङ्पुमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय समितिको बैठक सम्पन्न
Anit thapa


मङ्पु, 15 नोभेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को केन्द्रिय समितिको विशेष बैठक आज मङपुमा सम्पन्न भयो। जीटीए प्रमुख कार्यपाल एवं भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय अध्यक्ष अनित थापाको अध्यक्षतामा बसेको बैठकमा आगामी वर्ष २०२६ को पश्चिम बङ्गाल विधानसभा चुनाउमाथि गहन चर्चा परिचर्चा भयो।

बैठकमा मतदाता सूचीको‌ विशेष गहन संसोधन (एसआईआर) सम्बन्धमा पनि चर्चा भएको केन्द्रिय प्रवक्ता केशवराज पोखरेलले बताए। उनले भारतीय जनता पार्टी अनि भारतीय जनता पार्टीको चुनाउ आयोगले एकजना पनि गोर्खाको नाम छुट्याएको खण्डमा, गोर्खा को हो हामी देखाउने छौं भनी चेताउनी दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande