सदभावना सम्मेलन सम्बन्धमा मानव उत्थान सेवा समितिको सभा सम्पन्न
Sadbhavna sammelan


सिलगढ़ी, 15 नोभेम्बर (हि.स.)। मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको सभा शनिवार उत्तर पलास मझुवागाउँ सिलगढी-सालुगढास्थित मानव धर्म आश्रममा समितिका उत्तर पूर्वाञ्चल क्षेत्रकी अध्यक्ष महात्मा दिपीका बाईजीको अध्यक्षतामा सम्पन्न भयो।

सभामा अध्यक्षा बाईजीले आशिर्वचनमा सदभावना सम्मेलनको सफलताको लागि सबैले सक्रिय भई सेवा गर्ने आह्वान गरिन्। सभामा सदभावना सम्मलेनका विभिन्न विभागीय प्रभारीहरुले सदभावना सम्मेलनको सुचारु व्यवस्थापनको लागि आ-आफ्ना सकारात्मक सुझाउहरु दिएका थिए। मानव सेवा दलका राष्ट्रिय सचिवको रुपमा पुनः मनोनीत भएकोमा आरबी भण्डारीलाई पनि सभामा समितिका अध्यक्ष बाईजीबाट माल्यार्ण गरी बधाई टक्राइयो।

सभामा सिलगढी तहसील प्रभारी महात्मा महेश्वरी बाईजी, जलपाइगढी तहसीलकी महात्मा निर्मोही बाईजी, सालुगढा आश्रमका महात्मा उमानन्दज्यु, समितिका उपाध्यक्ष विनय रसाईली, सेवा दलका प्रान्तपाल हेमराज गुरूङ, प्रवक्ता कुमार योञ्जन, प्रचार प्रसार सचिव मेघनाथ छेत्री, सुरक्षा विभाग प्रभारी विष्णु प्रधान समितिका उत्तर पूर्वाञ्चल क्षेत्रका सम्पूर्ण पदाधिकारीहरू र कार्यकर्ताहरु उपस्थित थिए।

मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रका तत्वावधानमा बितेका धेरै वर्ष अघिदेखि सिलगढी/ सालुगढा मझुवा गाउँस्थित मानव धर्म आश्रम परिसरमा 31 दिसम्बर र 1 जनवरीका दिन दुई दिवसीय सदभावना सम्मेलन प्रत्येक वर्ष हुने गर्दछ। यस वर्ष पनि समितिले आगामी 31 दिसम्बर 2025 र 1 जनवरी 2026 को दिन सदभावना सम्मेलनको आयोजना गरिरहेको छ। उक्त सम्मेलनमा मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराज एवम् दिव्य परिवार लगायत देश- विदेशका विभिन्न प्रान्तहरुबाट सन्त महात्मागण, र गुरु महाराजजीका अनुयायी धेरै संख्यामा उपस्थित हुनेछन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande