
खरसाङ, 15 नोभेम्बर (हि.स.)। खरसाङ परिवार आयोगका संयोजक पिटर कर अनि सन्त पावल पल्ली खरसाङ पल्ली कक्षका संयोजक साथै दार्जिलिङ सिक्किम धर्मप्रान्त परिवार आयोगका श्रोत व्यक्ति दिपक लेप्चा लगायत खरसाङ, दार्जिलिङ अनि कालेबुङ वरिपरि क्षेत्रहरूका वरिष्ठ प्रशिक्षकहरू सम्मानित भएका छन्। पुष्पीका पास्टरल सेन्टरको प्रेक्षागृहमा आयोजित यस सम्मान कार्यक्रममा परिवार आयोगका सभापति एवं दार्जिलिङ सिक्किम धर्मप्रान्तका विशप स्टेफन लेप्चा मुख्य अतिथि थिए।
दार्जिलिङ सिक्किम धर्मप्रान्त परिवार आयोगका मुख्य सचिव फादर लाभन लेप्चाले दार्जिलिङ सिक्किम धर्मप्रान्त परिवार आयोग सन् 2002 सालमा नै विशप स्टेफन लेप्चा अनि स्वर्गीय फादर माइकल लेप्चाहरूको ब्रेन चाइल्ड हुन भनेर जानकारी दिए। उनले आज परिवार आयोगमा प्रक्षिकहरुले तालिम लिएर विभिन्न परिवारहरूलाई परिवार निर्माणमा विवाहको शिक्षा दिइरहेको बताए।
विभिन्न सेमिनारहरु लगायत जनचेतना कार्यक्रमहरु आयोजना गरेर परिवारहरू आपसमा मिलेर कसरी जीवन व्यतित गर्न सकिन्छ भन्ने जीवनका मूल्यहरू मानिसहरूलाई दिॅंदै परिवार आयोगमा सम्पूर्ण जीवन व्यतित गरेर अमूल्य योगदानहरू दिएवापत प्रशिक्षकहरूलाई सम्मान जनाएको उनले बताए।
विशप स्टेफन लेप्चाले आज सम्मान गरिएका परिवार आयोगका वरिष्ठ प्रशिक्षकहरुको परिचय गराए र उनीहरूले पुऱ्याएका विभिन्न योगदानहरू विषय जानकारी गराए। यस सम्वर्द्धना कार्यक्रमा वरिष्ठ श्रोत व्यक्ति राजेन ब्यानर्जी, आकाशवाणी खरसाङका वरिष्ठ उद्घोषक अनि शिक्षक दिपक लेप्चा, वरिष्ठ साहित्यकार अनि भूतपूर्व शिक्षक सेसिल मुखिया, श्रोत व्यक्ति अनि अवकाशप्राप्त अधिकारी बशिल भोटिया, सन्त अलफन्सस खरसाङका भूतपूर्व शिक्षक पिटर कर, वरिष्ठ आवकाशप्राप्त नर्स अनि श्रोत व्यक्ति रिता राई, भूतपूर्व शिक्षक एवंम परिवार आयोगका प्रशिक्षक मथियास तामाङ, वरिष्ठ साहित्यकार अनि सन्त रोबरट्रस उच्चतर माध्यमिक विद्यालयका शिक्षक डेनिस लेप्चा, परिवार आयोगका वरिष्ठ प्रशिक्षक जर्ज शेर्पा, श्रोत व्यक्ति रबीन बसिल राई, वरिष्ठ प्रशिक्षक प्रशिक्षक प्रकाश थापालाई सम्मान प्रदान गरियो।
वरिष्ठ सदस्यहरू स्वर्गीय शिशिलया सिह, स्वर्गीय जेकब सेन, स्वर्गीय जोशफ लेप्चालाई मनोरोप्रान्त सम्मानित गरियो।
हिन्दुस्थान समाचार / हनोक