
सिलगढ़ी, 15 नोभेम्बर (हि.स.)। इण्डियन एक्स भर्विसेस लिगको सभा आज खरसाङ अन्तर्गत सिटोङ, शेल्पु, रोलक अनि रोलक प्रशाखालाई लिएर भएको छ। उक्त सभा संगठनका सभापति सुवेदार सन्तोष तामाङको अध्यक्षतामा सम्पन्न भयो।
सभामा खरसाङ शाखाका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेका थिए, जसमा भारतीय एक्स भर्विसेस लिग खरसाङ शाखाका उप सभापति कप्तान कुमार भुजेल, सल्लाहकार कप्तान अदिप थापा, कप्तान बिमल प्रधान, सचिव पुरण थापा लगायत खरसाङ शाखाका सम्पूर्ण कार्यकारी सदस्यहरु साथै वीर नारीहरुको उपस्थिति रहेको थियो। सभामा सम्पूर्ण विषयहरुमाथि चर्चा परिचर्चा गरिएको छ।
सभामा भविष्यमा भूतपूर्व सैनिकहरु एवं विधवा वीर नारीहरुले पाउन पर्ने सहुलियतहरु विषयमा चर्चा परिचर्चा गरियो। अहिले संगठनको शुरुवात रहेको र आगामी दिनहरुमा खरसाङ शाखासित काँधमा काँध मिलाएर हरेक भूतपूर्व सैनिक र परिवार साथै वीर नारीहरुले पाउन पर्ने सहुलियतहरु विषयमा काम गरिने विषयमा सभामा चर्चा गरियो।
सभामा भूतपूर्व सैनिकहरुलाई एकबद्ध गरेर बृहत रुपमा संगठन बनाउने र एकबद्ध भएर कार्य गर्ने खरसाङका पदाधिकारीहरुले आह्वान् गरेका छन्। यस सभामा मुख्य वक्ताको रुपमा वक्ताको रुपमा खरसाङ शाखाका महासचिव पुरण थापा उपस्थित रहेका थिए। सभाको सञ्चालन प्रशाखाका सचिव नायब सुबेदार निर्मल गुरुङले गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक