उपराज्यपाल कविन्दर गुप्ताले श्रीनगर पुलिस स्टेशनभित्र भएको विस्फोटप्रति गहिरो दुःख व्यक्त गरे
उपराज्यपाल कविन्दर गुप्ताले श्रीनगर पुलिस स्टेशनभित्र भएको विस्फोटप्रति गहिरो दुःख व्यक्त गरे


लेह, 15 नोभेम्बर (हि.स.)। लद्दाखका उपराज्यपाल कविन्दर गुप्ताले शनिवार श्रीनगरको एक पुलिस स्टेशनभित्र भएको विस्फोटको घटनालाई लिएर दुःख व्यक्त गरे जसमा 9 जना मानिसहरूको मृत्यु भयो भने 29 जना घाइते भए।उपराज्यपाल कविन्दर गुप्ताले एक्समा भने, श्रीनगरको नौगाम पुलिस स्टेशनमा भएको भयानक विस्फोटलाई लिएर गहिरो दुःख लागेको छ। आफ्नो ज्यान गुमाउने जवानहरूप्रति मेरो हार्दिक संवेदना छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गर्दछु। गए शुक्रवार अबेर राती श्रीनगरको नौगाम पुलिस स्टेशनमा एक आक्समिक विस्फोट भयो जसमा 9 जना मानिसहरू मारिए अनि 29 जना घाइते भए। यो विस्फोट त्यसबेला भयो जतिबेला अधिकारीहरूले सेतोपोशाकको आतंकवादी मोड्युल मामिलामा जफत गरिएका विस्फोटकहरूको ठूलो भण्डारबाट नमूना निकालिरहेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande