
श्रीनगर, 15 नोभेम्बर (हि.स.)। वरिष्ठ पुलिस अधिकारी शनिवार स्थितिको मूल्यांकन गर्नका लागि पुलिस स्टेशन नौगाममा गए शुक्रवार राती भएको आक्समिक विस्फोट स्थलमा पुगे।
जम्मू-कश्मीरका पुलिस महानिदेशक नलिन प्रभातले घटना घटेको केही क्षणपछि नै क्षेत्रको दौड़ाह गरे अनि क्षय-क्षतिको जायजा लिए साथै घटनास्थलबाट प्रस्थान हुनपूर्व ग्राउण्ड अधिकारीहरूलाई जानकारी गराए। कश्मीरका पुलिस महानिरीक्षक विधि कुमार बिरदी पनि शनिवार बिहान घटनास्थलमा पुगे।
उनले विस्फोटसित सम्बन्धित परिस्थितिहरूको प्रत्यक्ष जायजा लिए। यसपूर्व एकजना सुरक्षा अधिकारीले पुष्टि गरेका थिए, नौगाम पुलिस स्टेशनमा भएको आकस्मिक विस्फोटमा 9 जना मानिसहरूको मृत्यु भएको च भने 29 जना घाइते भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा