
कोलकाता, 15 नोभेम्बर (हि.स.)। राज्यमा जाड़ोको प्रभाव अहिले पनि कायम छ, तर मौसम विभाग अनुसार आइतवारदेखि तापमान बढ़्ने क्रम शुरू हुनसक्छ। हाल कुनै पनि नयाँ पश्चिमी विक्षोभ वा वर्षा हुने सम्भावना छैन। शनिवार न्यूनतम तापमान सामान्यभन्दा कमै रह्यो जसले गर्दा बिहान हल्का जाड़ो महसूस भयो।
अलिपुर मौसम विज्ञान केन्द्रले बतायो, आइतवारदेखि मंगलवारबीच न्यूनतम तापमान दुई-तीन डिग्री सेल्सियससम्म बढ़्नसक्छ। यस अवधि केही जिल्लाहरूमा कुहिरो बाक्लिने अनुमान छ जसबाट दृश्यता 200 मीटरभन्दा कम हुनसक्छ। बिहान धमिलोपन अधिक प्रभावकारी रहने आशंका छ।
राज्यका दक्षिणी भागहरूमा मौसम शुष्क रहनेछ। आइतवारदेखि हावाको दिशा परिवर्तन हुने सम्भावना छ जसपश्चात समुद्री नमी हावाको प्रभावले तापमानमा क्रमिक वृद्धि दर्ता हुनसक्छ। कतिपय क्षेत्रको आकाश बादलले ढाक्नेछ भने कुहिरो पनि बढ़्नसक्छ।
उत्तर बंगालका जिल्लाहरूमा आगामी 24 घण्टाभित्रमा पानी पर्ने सम्भावना छैन। यहाँ तापमान हाल सामान्यभन्दा दुई-तीन डिग्री सेल्सियस तल झर्नसक्छ। आगामी 6-7 दिन शीतको हल्का प्रभाव रहनेछ भने ठूलो परिवर्तनको कुनै सम्भावना देखिएको छैन। आइतवारदेखि मंगलवारबीच यहाँ पनि कुहिरो बढ़्ने सम्भावना व्यक्त गरिएको छ।
शुक्रवार कोलकाताको न्यूनतम तापमान 17.1 डिग्री सेल्सियस दर्ता गरियो जुन शनिवार बढ़ेर 17.6 डिग्री सेल्सियस भयो। यो सामान्यभन्दा 3.2 डिग्री सेल्सियस कम हो। आइतवारदेखि तापमानमा हल्का वृद्धि हुनसक्छ। मंगलवारसम्म न्यूनतम तापमान 19-20 डिग्रीबीच रहनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा