
भावनगर, 15 नोभेम्बर (हि.स.)। प्रभुदास तालाब क्षेत्रको टेकरी चौकमा आज बिहान विहेकै दिन बेहुली सोनिबेन राठौड़को चक्कु रोपी हत्या गरियो। बेहुलीको हत्या हुन लागेको पति साजनले गरेको हो। घटनापछि आरोपी घटनास्थलबाट भाग्यो। पुलिसले सूचना पाए लगत्तै घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।
पुलिस अनुसार हिम्मतभाइ जीवाभाइ राठौड़की छोरी सोनिबेन विगत केही समयदेखिकै युवकसित बस्दै आइरेहकी थिई र परिवारले उसको विवाह आज तय गरिदिएको थियो। तर विवाहकै दिन भएको यस हत्याले परिवारलाई गहिरो शोकमा पारेको छ।
भावनगर सिटीका डीवाई एसपी आर.आर. सिंधालले बताए, प्रारम्भिक जाँचमा यो स्पष्ट भएको छ कि सोनिबेनको हत्या उसकै हुन लागेको पतिले गरेको हो। उनले बताए, आरोपीले घरभित्र पसेर चक्कुले हमला गरेपछि भाग्यो। पुलिसले आरोपीलाई पक्राउ गर्नको लागि चारैतिर नाकाबन्दी गरेको छ साथै टीमहरूलाई सक्रिय बनाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा