मुख्यमन्त्री सरमाले डा. बाणीकान्त काकतिलाई स्मृति दिवसमा दिए श्रद्धाञ्जली
मुख्यमन्त्री सरमाले डा. बाणीकान्त काकतिलाई स्मृति दिवसमा दिए श्रद्धाञ्जली


गुवाहाटी, 15 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार असमका प्रख्यात विद्वान, भाषाविद्, शोधकर्ता तथा समीक्षक डा. बाणीकान्त काकतिको पुण्यतिथिमा उनलाई श्रद्धापूर्वक नमन गरे।

मुख्यमन्त्रीले भने, असमको बौद्धिक आकाशको एकजना चम्किलो नक्षत्रको रूपमा डा. काकतिले आफ्नो अमूल्य विद्वताले राज्यको राष्ट्रिय जीवनलाई समृद्ध पारे। असमिया भाषाका भाषातात्त्विक अध्ययनमा उनको योगदानलाई असाधारण बताउँदै उनले भने, डा. काकतिको कार्य आज पनि मार्गदर्शक बनेको छ।

डा. हिमन्त बिस्व सरमाले भने, डा. काकतिको विशाल साहित्यिक र शोधपरक धरोहरले भावी पिँढ़ीलाई प्रेरित गरिरहनेछ तथा असमको सांस्कृतिक धरोहरलाई अझ बढ़ी सशक्त बनाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande