
पश्चिम मेदिनीपुर, 15 नोभेम्बर (हि.स.)। नारायणगढ़ ब्लकको रानीसराय ग्राम पञ्चायतलाई प्रशासनको पक्षबाट फोहोर मुक्त घोषित गरिएको छ। यस अवसरमा गए शुक्रवार साँझ पञ्चायत भवनमा एक विशेष कार्यक्रम आयोजना गरियो जसमा क्षेत्रीय प्रशासनिक अधिकारी एवं पञ्चायत पदाधिकारीहरू उपस्थित थिए।
कार्यक्रममा जोइन्ट बीडीओ प्रत्यूष ब्यनर्जी, पञ्चायत समितिकी सभापति ऊषा घोड़ाई, सहसभापति मिहिर चन्द्र, स्वास्थ्य कर्माध्यक्ष सुपर्णा जैन, सुकुमार जना सहित केही गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।
प्रशासन अनुसार हालैमा नारायणगढ़ ब्लकको बखराबाद, बेलदा-1, मान्ना औ खुरशी ग्राम पञ्चायतहरूलाई पनि फोहोर मुक्त पञ्चायतको रूपमा चिन्हित गरिएको छ।
रानीसराय ग्राम पञ्चायतका स्वप्न दत्ताले भने, पछिल्लो केही दिनदेखिको पञ्चायत क्षेत्रलाई फोहोर मुक्त बनाउने अभियान संचालन गरिँदै आएको छ। अन्ततः हाम्रो प्रयास सफल भयो। हाम्रो पञ्चायत क्षेत्रलाई फोहोर मुक्त मात्र नभेर प्लास्टिक मुक्त पञ्चायतको रूपमा पनि मानिँदैछ।
ब्लक प्रशासनको भनाइ छ, आगामी दिनमा ब्लकका सबै ग्राम पञ्चायतहरूलाई यसै मोडलमा फोहोर मुक्त पञ्चायतको रूपमा वकिसित गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा