
पटना, 15 नोभेम्बर (हि.स.)। लालू प्रसाद यादवका जेठा छोरा तेज प्रताप यादवले सोशल मीडियामा पोस्ट गरी आफ्नो हारको सन्दर्भमा भने, हाऱ्यौं, तर यसमा जनताको जीत लुकेको छ। उनले जनादेशलाई स्वीार गर्दै भने, मसित जनताको प्रेम, विश्वास र आशीर्वाद छ, तर यथार्थ तितो छ। जयन्दहरूले राजदलाई भित्रैबाट खोकोरो बनाइदिए, बर्बाद बनाइदिए। त्यसैले आज तेजस्वी फेलस्वी भए!
तेज प्रतापले अझ लेखे, बिहारले यो स्पष्ट सन्देश दिएको छ कि अब राजनीति परिवारवादको होइन, सुशासन र शिक्षाको हुनेछ। यो जयचन्दहरूको ठूलो हार हो। उनले भने, बिहारले सुशासनको सरकारलाई चुनेको छ- हामी त्यसलाई सम्मान गर्दछौं अनि जनताको हितमा हरेक कदमले रचनात्मक भूमिका निभाउनेछ। यो जीत हाम्रा यशस्वी कर्मठ प्रधानमन्त्री र विश्वका सबैभन्दा सशक्त नेता नरेन्द्र मोदीको व्यक्तित्व र उनको चमत्कारी नेतृत्वको परिणाम हो।
उल्लेखनीय छ, तेज प्रतापले लालू प्रसादको राष्ट्रिय जनता दल (राजद)-देखि छुट्टिएर आफ्नै पार्टी जनशक्ति जनता दल बनाएर चुनाउमा भाग लिए, तर उनलाई ठूलो हारको सामना गर्नु पऱ्यो। तेज प्रतापलाई महुआ विधानसभा सीटबाट लोक जनशक्ति पार्टी (रामविलास)- का सञ्जय कुमारले परास्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा