आतंकवादी मोड्युल मामिलामा सीआईकेले जम्मू-कश्मीरको अनन्तनागमा डाक्टरको घरमा छापा माऱ्यो
आतंकवादी मोड्युल मामिलामा सीआईकेले जम्मू-कश्मीरको अनन्तनागमा डाक्टरको घरमा छापा माऱ्यो


श्रीनगर, 16 नोभेम्बर (हि.स.)। काउन्टर इन्टेलिजेन्स कश्मीरले सादा पोशाक आतंकवादी मोड्युलको मामिलामा जम्मू-कश्मीरको अनन्तनाग जिल्लास्थित एकजना डाक्टरको घरमा खानतलासी लियो। सम्बन्धित अधिकारीले बताए, सीआईकेका अधिकारीहरूले गए राती अऩन्तनाग क्षेत्रको मलकनागमा छापा मारे।

अधिकारी मुताविक छापामारीमा सीआईके कर्मीहरूलाई थाहा लाग्यो कि हरियाणाकी एकजना महिला डाक्टर त्यस घरमा भाड़ामा बस्दै आइरेहकी थिई। छापामारीमा सीआईकेले घरबाट एउटा मोबाइल फोनलाई जफत गरेर त्यसलाई फोरेन्सिक जाँचको निम्ति पठाइदिएको छ।

यसबीच अधिकारीहरूले बताए अनुसार ड्राई फ्रुट बिक्रेता बिलाल अहमद वानी जसलाई उसको छोरा जसिर बिलालसितै पुलिसले आतंकवादी मोड्युल मामिलामा जाँचबुझको लागि हिरासतमा लिएको थियो,-ले काजीगुंड क्षेत्रमा आफैमाथि आगो लगाउने चेष्टा गऱ्यो।

बिलाल अहमदलाई जलेको कारणले उपचारको निम्ति अनन्तनागको जीएमसी अस्पतालमा लगिएको छ र उसको अवस्था स्थिर रहेको बताइएको छ। उनीहरूले बताए, उसको छोरा जाँचबुझको लागि हिरासतमै छ। वानी, डा. मुजफ्फर राठेरको छिमेकी हो जो सादा पोशाक आतंकवादी मोड्युल्स मामिलामा एक प्रमुख आरोपीको रूपमा उदाएको छ।

मुजफ्फर हाल अफगानिस्तानमा रहेको आशंका छ भने उसको भाइ डा. अदिल राथरलाई गत 6 नोभेम्बरको दिन उत्तर प्रदेशको सहारनपुर क्षेत्रबाट पक्राउ गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande