
गुवाहाटी, 16 नोभेम्बर (हि.स.)। असम सरकारको सूचना एवं जनसम्पर्क निदेशालयद्वारा आइतवार दिसपुरस्थित पीडब्ल्यूडी कन्भेन्शन सेन्टरमा राज्य स्तरीय राष्ट्रिय प्रेस दिवस-2025 को आयोजन गरियो।
राष्ट्रिय प्रेस दिवस हरेक वर्ष प्रेस काउन्सिल अफ इण्डिया स्थापना भएको उपलक्ष्यमा मनाइन्छ जसको उदेश्य स्वतन्त्र, निष्पक्ष औ जवाफदेह प्रेसको भूमिकालाई सम्मान दिनु हो। यस वर्षको थीम रहेको छ- “बढ़्दो भ्रामक सूचनाहरूबीच प्रेसको विश्वसनीयताको रक्षा” जसले आजको मीडिया परिदृश्यमा सत्यापन, नैतिक रिपोर्टिंग तथा जनविश्वासको अत्यधिक आवश्यकतालाई रेखांकित गर्दछ।
सूचना एवं जनसम्पर्क तथा प्रिन्टिंग एवं स्टेशनरी विभागका आयुक्त एवं सचिव कुमार पद्मपाणि बोराले प्रेस काउन्सिल अफ इण्डिया 16 नोभेम्बर, 1966-मा स्थापित भएको ऐतिहासिक महत्वमाथि प्रकाश पार्दै भने, यो दिवसले प्रेसको स्वतन्त्रता अनि जवाफदेहीप्रति संकल्पलाई पुनः सुदृढ़ बनाउँछ। उनले भने, असमको मीडियाको जिम्मेवारी हो- सत्य, शुद्ध एवं नैतिकतालाई सर्वोपरि राख्ने। उनले विश्वास दिलाए, असम सरकार पारदर्शिता एवं मीडियासित रचनात्मक सम्वादप्रति प्रतिबद्ध छ।
यस अवसरमा श्रीमन्त शंकरदेव यूनिभर्सिटी अफ हेल्थ साइन्सेजका कुलपति प्रोफेसर डा. ध्रुवज्योति बोराले भने, पूँजी-चालित वैश्विक परिवेशमा कर्पोरेट हितले श्रोत, संसाधन एवं विकासको दिशालाई प्रभावित पार्ने प्रयास गर्दछ जसमा भाषा, संस्कृति औ पहिचानमाथि पनि प्रभाव पार्छ। यस्तो अवस्थामा मीडियाको जिम्मेवारी अझ बढ़ेर जान्छ कि उनीहरूले विश्वसनीयतालाई कायम राख्दै कुनै पनि प्रकारको मनोवैज्ञानिक वा व्यवसायिक दबावदेखि माथि उठेर समाजलाई तथ्यात्मक जानकारी उपलब्ध गराउन्।
एउटा पत्रिकाका सम्पादक प्रदीप बरुवाले भने, प्रेसको विश्वसनीयताको रक्षा नैतिक पत्रकारिताप्रति अविचल प्रतिबद्धताबाटै सम्भव छ। सनसनीपूर्म समाचारले जनतालाई भ्रमित मात्र पार्दैन जबकि मीडियामाथिको विश्वासलाई पनि कमजोर बनाउँछ जुन वर्तमान भ्रामक सूचनाहरूको युगमा एक गम्भीर चुनौती भएर उभिएको छ।
महिला एवं बाल विकास विभागका अतिरिक्त मुख्य सचिव मुकेश चन्द्र साहुले भने, गलत सूचनाहरूको बढ़्दो घेरामा मीडियाले अझ बढ़ी सतर्कता तथा जिम्मेवारीको साथमा काम गर्नुपर्छ। प्रेसको विश्वसनीयता कठोर सत्यापन अनि सत्यनिष्ठ प्रतिबद्धताबाटै कायम रहन्छ।
कार्यक्रममा वरिष्ठ पत्रकार दिलीप चन्दन औ भूपेन्द्र कुमार भट्टचार्य सहित कटन यूनिभर्सिटी, गुवाहाटी यूनिभर्सिटी, रोयल ग्लोबल यूनिभर्सिटी एवं डाउनटाउन यूनिभर्सिटीका विद्यार्थीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा