
गुवाहाटी, 16 नोभेम्बर (हि.स.)। मन्त्री जयन्त मल्लबरुवाले आइतवार गुवाहाटी महानगर विकास प्राधिकरण (जीएमडीए) औ गुवाहाटी नगरनिगम (जीएमसी)- का वरिष्ठ अधिकारीहरूसित एक समीक्षा बैठकको अध्यक्षता गरे जसमा जीएमडीए अधिनस्थ पार्क एवं जीएमसी अधिनस्थ पार्किंग स्थलहरूको प्रबन्धनलाई लिएर विस्तृत चर्चा गरियो।
बैठकमा शहरभरिका पार्कहरूको रखरखाउ, सार्वजनिक सुविधाहरूको विकास एवं पार्किंग स्थलहरूको नियमनलाई अझ राम्रो बनाउनेमाथि विस्तार पूर्वक विचार-विमर्श गरियो। मन्त्रीले दुवै निकायबीचको समन्वयलाई अझ सशक्त र व्यवस्थित सुनिश्चित गर्ने निर्देश दिए।
बैठकमा जीएमसीका मेयर मृगेन शरणिया, जीएमडीएका अध्यक्ष नारायण डेका सहित दुवै विभागीय वरिष्ठ अधिकारीहरू उपस्थित थिए। बैठक मन्त्रीको सरकारी आवास, दिसपुर, गुवाहाटीमा आयोजना गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा