
बरपेटा (असम), 16 नोभेम्बर (हि.स.)। असमको बरपेटा ज़िल्ला अन्तर्गत मेलकुची गाउँमा आइतवार भोर बिहान भएको पुलिस भिड़न्तमा एकदना संदिग्ध ड्रग तस्कर गोली लागेर घाइते भयो।
पुलिस अनुसार आरोपीको पहिचान मेलकुची निवासी अनवर हुसैनको रूपमा गरिएको छ जसले पुलिस हिरासतबाट भाग्ने प्रयास गरिरहेको थियो जसले गर्दा पुलिसलाई गोली चलाउन बाध्य पऱ्यो। घटना राती लगभग 2 बजे भएको हो।
यो कारबाही त्यस घटनापछि सामु आएको छ जसमा गत 6 नोभेम्बरको दिन ताराबाड़ी पुलिसले एउटा अल्टो वाहनबाट 11 वटा साबुनदानी जफत गरेको थियो जसमा हेरोइन भरिएको थियो। त्यसबेला ड्रग तस्कर वाहन छोड़ेर भागेको थियो।
गए शनिवार राती अनवर हुसैनलाई यसै तस्करीको नेटवर्कसित जोड़िएको आरोपमा हिरासतमा लिइएको थियो। अतिरिक्त नशालु पदार्थहरू जफत गर्नको लागि पुलिसले उसलाई साथमै लिएर गएको थियो। यसै अवधि उसले कथित रूपमा पुलिसकर्मीहरूलाई धक्का दिएर भाग्ने प्रयास गऱ्यो जसको जवाफमा पुलिसले गोली चलायो जुन उसको देब्रो जांघमा लाग्यो।
अनोवर हुसैनलाई उपचारको निम्ति बरपेटा मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ। घटनापछि बरपेटा पुलिसका अधीक्षक सुशान्त बिस्व सरमा, अतिरिक्त पुलिस अधीक्षक (अपराध) विद्युत विकास बोरा भूइयाँ औ सदर डीएसपी जीतेश बर्मनले घटनास्थलको भ्रमण गरी जाँच शुरू गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा