नेशनल हाइवेमा ट्रकको ठक्करले दुई बाइक सवारको मृत्यु
नेशनल हाइवेमा ट्रकको ठक्करले दुई बाइक सवारको मृत्यु


औरैया, 16 नोभेम्बर (हि. स.)। उत्तर प्रदेशको औरैया जिल्ला अन्तर्गत सदर कोतवाली क्षेत्रस्थित नेशनल हाइवेमा बाकरपुर बोहरा गाउँ नजिक गए राती एक पीड़ादायी सड़क दुर्घटना भयो। एउटा द्रूत गतिको ट्रकले बाइक सवार दुईजना युवकहरूलाई भयानक ठक्कर दियो जसमा एकजना युवकको घटनास्थलमै मृत्यु भयो भने एकजनालाई गम्भीर अवस्थामा अस्पतालमा लगियो जसको उपचारको क्रममा मृत्यु भयो।

सीओ सिटी अशोक कुमारले बताए, अबेर राती कन्ट्रोल रूमको माध्यमबाट पुलिसलाई सूचना प्राप्त भयो कि हाइवेमा ट्रक र बाइकको भिड़न्त भएको छ। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले घटनास्थलमा देख्यो, भूप सिंह, पुत्र मानसिंह (उमे लगभग 30 वर्ष) निवासीको घटनास्थलमै मृत्यु भइसकेको छ। गम्भीर रूपमा घाइते महाराज सिंह, पुत्र नाथूराम (उमेर लगभग 40 वर्ष)-लाई उपचारको निम्ति अस्पताल लगियो, तर डाक्टरहरूले उसलाई पनि मृत घोषित गरिदिए।

दुवै मृतक एउटै गाउँको बासिन्दा थिए अनि राजमिस्त्रीको काम गर्दथे। पुलिसले ट्रकलाई कब्जामा लिएर दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ। साथै दुवै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande