दाइजो उत्पीड़न तथा बलजफ्ती गर्भपातको आरोप, पीड़िताले थाना अयानामा दर्ता गराई मामिला
दाइजो उत्पीड़न तथा बलजफ्ती गर्भपातको आरोप, पीड़िताले थाना अयानामा दर्ता गराई मामिला


औरैया, 19 नोभेम्बर (हि. स.)। उत्तर प्रदेशको औरैया जिल्लाको थाना अयाना क्षेत्रमा दाइजो उत्पीड़न तथा बलजफ्ती गर्भपात गराेको गम्भीर मामिला प्रकाशमा आएको छ। क्षेत्रकी स्मिता सिंहले आफ्ना पति अनि ससुरालीमाथि कुटपिट, दाइजोको अतिरिक्त माग तथा बलजफ्ती गर्भपात गराएको आरोप लगाउँदै कारबाही गर्ने माग गरेकी छन्। पीड़िताद्वारा थाना अयानामा चढ़ाइएको प्रार्थना पत्र अनुसार उसको विवाह 4 मार्च, 2024-मा शशांक तिवारी, निवासी सरायमिता, थाना पनकी, कानपुर नगरसित भएको थियो। विवाहमा माइती पक्षले पाँच लाख रुपियाँ नगद, सुन-चाँदीको गहना, घरेलु सामान तथा टाटा पंच कार सहित प्रचुर मात्रामा दाइजो दिएको थियो।

स्मिताले बताइन्, विवाह भएको केही महिनापछि आफू गर्भवती भएको जानकारी दिँदा ससुरालीले अतिरिक्त दश लाख रुपियाँको माग गर्न थाल्यो। माग पूरा नहुँदा शशांक, ससुरा विनोद, सासु बेबी तिवारी सहित परिवारका अन्य सदस्यहरूले उमाथि कुटपिट, धम्की तथा मानसिक उत्पीड़न गर्न शुरू गरे। सिकायतमा यो पनि आरोप लगाइएको छ, 25 मई, 2024-मा उसलाई डाक्टर देखाउने बहानामा नौबस्ता लगियो जहाँ लेबल बिनाको औषधि बलजफ्ती खुवाएर उसको गर्भपात गराइयो।

पीड़िताको भनाइ छ, गर्भपातपछि पनी प्रताड़ना जारी रह्यो। 4 जुलाई, 2025-मा कुटपिट गरेर उसलाई घरबाट निकालियो। वर्तमानमा उ माइतमा बस्दै आएकी छे तथापि लगातार दिरहेको धम्कीहरूको कारणले मानसिक तनाउमा छे।

स्मिताले सबै आरोपीहरूविरूद्ध कड़ा धाराहरूमा मुद्दा दर्ता गरी न्यायको माग गरेकी छन्। अयाना थाना अध्यक्ष अजय कुमारले बताए, पुलिसले सिकायतको आधारमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande