
कोलकाता, 19 नोभेम्बर (हि.स.)। पश्चिम बंगालका राज्यपाल सी वी आनन्द बोसले प्राथमिक शिक्षक भर्ती अनियमितता मामिलामा भ्रष्टाचार निवारण अधिनियम, 1988 अन्तर्गत मुद्दा चलाउने अनुमति प्रदान गरेका छन्। यो स्वीकृति पश्चिम बंगाल प्राथमिक शिक्षा बोर्डका पूर्व अध्यक्ष औ तृणमूल कंग्रेस विधायक माणिक भट्टचार्य तथा बोर्डकी पूर्व सचिव रत्ना चक्रवर्ती बागचीविरूद्ध दिइएको हो। बुधवार बिहान यस आशयको जानकारी राजभवनका वरिष्ठ अधिकारीले दिएका हुन्।
राजभवन अनुसार यो निर्णय केन्द्रिय अन्वेषण ब्यूरोद्वारा अदालतमा दर्ता त्यस औपचारिक अनुरोध पश्चात लिइएको छ जसमा प्राथमिक शिक्षक भर्ती घोटालाको जाँच अनि अन्तिम रिपोर्टको आधारमा दुवै पूर्व अधिकारीहरूविरूद्ध अभियोजन स्वीकृति मागिएको थियो। सीबीआईले यस मामिलामा गत अक्टोबर महिनामा आरोप पत्र दर्ता गरेपछि अग्रिम कारबाहीको लागि राजभवनको अनिवार्य अनुमतिको प्रतीक्षा गरिरहेको थियो।
सीबीआईद्वारा प्रस्तुत आरोप पत्रमा माणिक भट्टचार्य र रत्ना चक्रवर्ती बागची दुवैको नाम सामेल छ। भट्टचार्यलाई प्राथमिक शिक्षक भर्ती प्रक्रियामा भ्रष्टाचार गरेको आरोप लागेपछि कलकत्ता उच्च अदालतको आदेशमा बोर्ड अध्यक्षको पदबाट अपदस्थ गर्न परेको थियो। पछि उनलाई पक्राउ गरेर केही महिना हिरासतमा राखेपछि जमानत दिइएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा