गुरदासपुरमा जेल गार्डले पत्नी र सासुको हत्या गरेपछि आत्महत्या गरे
गुरदासपुरमा जेल गार्डले पत्नी र सासुको हत्या गरेपछि आत्महत्या गरे


- सर्भिस गन एके 47- ले घटनालाई परिणाम दिइयो

चण्डीगढ़, 19 नोभेम्बर (हि.स.)। पञ्जाबको गुरदासपुरमा तैनाथ जेल विभागका गार्डले आफ्नी पत्नी र सासुको गोली दागी हत्या गरिदिए। त्यसपछि केही घण्टासम्म हाई भोल्टेज ड्रामा गरे। एसएसपी आदित्य एवं अन्य अधिकारीहरू घटनास्थलमा पुगेर गार्डलाई सम्झाउने प्रयास गरे, तर तिनले आफूमाथि पनि गोली दागेर आत्महत्या गरे।

गुरदासपुरको गाउँ गुत्थी निवासी पूर्व सैनिक गुरप्रीत सिंह निजी कम्पनीको माध्यमबाट गुरदासपुरको जेलमा गार्डको रूपमा तैनाथ थिए।

पुलिस अनुसार नाइट डयूटीपछि गए मंगलवार अबेर राती लगभग 3 बजे तिनी आफ्नो सरकारी एके-47 राइफल बोकेर घरमा आइपुगे।त्यसपछि तिनले आफ्नी पत्नी अकविन्द्र गौर र सासु सुरजीत कौरमाथि धमाधम गोली चलाए। दुवैको घटनास्थलमै मृत्यु भयो। हत्यापछि गुरप्रीत घटनास्थलदेखि बाहिरिएर गुरदासपुरको 7

नम्बर स्कीमको सरकारी क्वार्टरमा लुकेर बसे।

सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि तिनलाई सरेण्डर गर्न भन्यो। लगभग एक घण्टासम्म पुलिसले गुरप्रीतलाई बुझाउनको लागि घरभित्र जाने प्रयास गऱ्यो। हाईभोल्टेज ड्रामापछि उसले आफूमाथि पनि गोली चलायो जसले गर्दा उसको पनि घटनास्थलमै मृत्यु भयो। एसएसपीले बताए, गुरप्रीत

र तिनकी पत्नीमाझ विगत लामो समयदेखिको घरेलु विवाद भइरहेको थियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande