
बाँकुड़ा, 19 नोभेम्बर (हि.स.)। पश्चिमी क्षेत्रका पुलिस अतिरिक्त महानिदेशक (एडीजी) तथा पुलिस महानिरीक्षक (आईजीपी) अशोक कुमार प्रसाद एवं बाँकुड़ा परिक्षेत्रका पुलिस महानिरीक्षक शीश राम झाझरियाले गए मंगलवार बाँकुड़ा पुलिस लाइन्समा नवनिर्मित जिल्ला नियन्त्रण कक्ष तथा अपराध सम्मेलन कक्षको औपचारिक उद्घाटन गरे।
नवनिर्मित नियन्त्रण कक्ष अत्याधुनिक भारतीय तकनीकद्वारा सुसज्जित छ। यसबाट वास्तविक समय (रियल-टाइम)- मा सीसीटीभी निगरानी औ आपातकालीन सेवा (ईआरएसएस)-हरूबाट प्राप्त फोन कलमाथि तत्काल प्रतिक्रिया देखाउने एवं अधिक प्रभावकारी हुनेछ। यसको साथै उन्नत ताररहित/द्वि-मार्गीय सञ्चार प्रणाली (वायरलेस/आरटी)- को माध्यमबाट सम्पर्क व्यवस्था अझ मजबुत हुनेछ। यो केन्द्रले जन सिकायतहरूको तुरून्तै समाधान एवं पुलिस कार्यहरूको नियमित समीक्षा र निगरानीमा महत्वपूर्ण भूमिका निभाउनेछ।
उद्घाटनपछि दुवै वरिष्ठ पुलिस अधिकारीले बाँकुड़ा जिल्लाका पुलिस अधीक्षक वैभव तिवारीको उपस्थितिमा पुलिस लाइन्सका विभिन्न विभागहरूको निरीक्षण गरी उपलब्ध सुविधा तथा पूर्वाधारहरूको विस्तृत समीक्षा गरे।
अबेर सांझ जारी प्रेस विज्ञप्तिमा पुलिस अधिकारीहरूले बताए, यो नयाँ नियन्त्रण कक्षले जिल्लाको सुरक्षा व्यवस्थालाई अझ सुदृढ़ बनाउनको साथै आपतकालीन स्थितिमा प्रतिक्रिया समय घटाउनमा महत्वपूर्ण योगदान दिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा