
गुवाहाटी, 19 (हि.स.)। असममा हाई स्कूल लीभिंग सर्टिफिकेट (एचएसएलसी) परीक्षा र उच्चतर माध्यमिक (एचएस) अन्तिम वर्षको परीक्षा आगामी वर्ष 2026-को फरवरी महिनादेखि शुरू हुनेछ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा उक्त आशयको घोषणा गर्दै भने, एचएसएलसी परीक्षा 10 फरवरी, 2026-देखि शुरू हुनेछ भने 11 फरवरी, 2026-देखि उच्चतर माध्यमिकका तीनै शाखाहरूको अन्तिम परीक्षा शुरू हुनेछ।
यी दुवै परीक्षाहरूको आयोजन असम राज्य विद्यालय शिक्षा बोर्डद्वारा गरिनेछ भने एचएसएलसी र एचएसले अन्तिम वर्षको सम्पूर्ण परीक्षा प्रक्रियाको जिम्मेवारी सम्हाल्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा