
शिमला, 19 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री ठाकुर सुखविन्द्र सिंह सुक्खूले आज यहाँको ऐतिहासिक रिजमा भारतकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको जयन्तीमा उनलाई पुष्पाञ्जली अर्पण गरे। मुख्यमन्त्रीले राष्ट्रको विकासमा इन्दिरा गान्धीको योगदानलाई स्मरण गर्दै उनको दूरदर्शी निर्णयले भारतलाई सशक्त आधार प्रदान गरी सुदृढ़ बनाएको बताए।
मुख्यमन्त्रीले भने, गरीबी उन्मूलन, आर्थिक सुधार, ब्यांकहरूको राष्ट्रियकरण, कृषि उत्पादकता बढ़ाउने, रोजगार सृजन औ सामाजिक सशक्तिकरणमा उनको भूमिका अतुलनीय रहेको छ। इन्दिरा गान्धीले देशको एकता र अखण्डतालाई कायम राख्नको लागि आफ्नो जीवनको बलिदान दिइन्।
यस अवसरमा स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. (कर्नल) धनी राम शाण्डिल, पञ्चायती राज मन्त्री अनिरुद्ध सिंह, कंग्रेस अध्यक्ष प्रतिभा सिंह, उप-मुख्य सचेतक केवल सिंह पठानिया, नगरनिगम शिमलाका मेयर सुरेन्द्र चौहान, उपायुक्त अनुपम कश्यप औ अन्य गण्यमान्य उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा