दिल्ली भाजपा अध्यक्षले रानी लक्ष्मीबाईको जयन्तीमा दिए श्रद्धाञ्जली
दिल्ली भाजपा अध्यक्षले रानी लक्ष्मीबाईको जयन्तीमा दिए श्रद्धाञ्जली


नयाँ दिल्ली, 19 नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले बुधवार झाँसीकी वीरांगना रानी लक्ष्मीबाईको जयन्तीमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

वीरेन्द्र सचदेवाले साेशल मीडिया एक्स पोस्टमा भने, मातृभूमिको सुरक्षा एवं सम्मानको निम्ति आफ्नो प्राण न्यौछावर गर्ने महान वीरंगना, अद्वितीय शौर्य, साहस अनि पराक्रमकी प्रतिमूर्ति रानी लक्ष्मीबाईलाई उनको जयन्तीमा कोटी-कोटी नमन।

सचदेवाले भने, रानी लक्ष्मीबाईको असाधारण वीरताको गाथाले भारतीय इतिहासमा सदैव प्रेरणाको काम गरिरहनेछ साथै भावी पिँढ़ीहरूलाई गौरवान्वित बनाइरहनेछ।

उल्लेखनीय छ, रानी लक्ष्मीबाईको जन्म 19 नोभेम्बर, 1828-मा वाराणसीमा भएको थियो। सन् 1857- को प्रथम स्वतन्त्रता संग्राममा उनले अंग्रेजहरूविरूद्ध जुन वीरताले मोर्चा सम्हालिन्, त्यसलाई भारतीय नारी शक्तिको सर्वोच्च प्रतीक मानिन्छ। “खूब लड़ी मर्दानी, वह तो झांसी वाली रानी थी” पंक्ति आज पनि मानिसहरूको मुखैमा झुण्डिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande