
नयाँ दिल्ली, १९ नोभेम्बर (हि.स.)। देशकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको १०८औं जयन्तीको अवसरमा कांग्रेसको शीर्ष नेतृत्वहरूले उनलाई पुष्पाञ्जली अर्पण गरेर श्रद्धा प्रकट गर्दै उनको साहस, दूरदर्शिता तथा दृढ नेतृत्वलाई सम्झिए।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, संसदीय दलकी अध्यक्ष सोनिया गान्धी तथा लोकसभामा विपक्षका नेता राहुल गान्धी शक्ति स्थल पुगे। तीनै नेताहरूले इन्दिरा गान्धीको स्मारकमा पुष्पाञ्जली चढाए। यस अवसरमा धेरै वरिष्ठ कांग्रेस नेता र कार्यकर्ता पनि उपस्थित थिए।
कांग्रेस अध्यक्ष खरगेले एक्स पोस्टमार्फत लेखे, “आजिवन संघर्ष, साहस र कुशल नेतृत्वको उदाहरण इन्दिरा गान्धीलाई धेरै धेरै श्रद्धाञ्जली। राष्ट्रको एकता र अखण्डताको लागि उनको दृढ़ नेतृत्व र दूरदृष्टिबाट उठाइएका कदमहरूले भारतलाई विश्वमा छुट्टै पहिचान दिलाएको छ। उनको जीवन र कर्म आज पनि सबैका लागि प्रेरणाको स्रोत हो।”
राहुल गान्धीले एक्स पोस्टमा लेखे, “मेरो हजुरआमा इन्दिरा गान्धीबाट मैले भारतका लागि निडर भएर निर्णय लिनुपर्छ र प्रत्येक परिस्थितिमा राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्छ भन्ने शिक्षा पाएँ। उनको साहस र देशप्रेमले आज पनि अन्यायका विरुद्ध दृढ भएर उभिन प्रेरणा दिन्छ।”
हिन्दुस्थान समाचार / भवानी थामी