आन्ध्र प्रदेशमा १ करोड़ रुपियाँको इनामी माओवादी नक्सली थिप्पिरी तिरुपति उर्फ देवजी मारिए, बस्तरमा १३१ भन्दा बढी जवानको हत्या आरोप
Devji


विजयवाड़ा, १९ नोभेम्बर (हि.स.)। छत्तीसगढ़को बस्तर क्षेत्रमा सुरक्षा बलका १३१ जना जवानको हत्याका आरोपी माओवादी नक्सली थिप्पिरी तिरुपति उर्फ देवजीलाई आज रामपचोदवरम वन क्षेत्रमा भएको गोलीबारीमा मारिएका छन्। आन्ध्र प्रदेश इन्टेलिजेन्सका अतिरिक्त पुलिस महानिदेशक महेश चन्द्र लड्डाले यसको पुष्टि गरेका छन्।

महेश चन्द्रले भने, “आज बिहान सुरक्षा बल र माओवादीबीच भएको गोलीबारीमा ६ देखि ७ जना माओवादी मारिएका छन्। ती मध्ये थिप्पिरी तिरुपति पनि सामेल छन्। देवजी ओडिशा-आन्ध्र प्रदेश सिमानामा सक्रिय थिए। उनलाई माओवादी संगठनले महासचिवको रूपमा नियुक्त गरेकाे थियो। उनी विरुद्ध बस्तर क्षेत्रमा १३१ भन्दा बढी जवानको हत्या गरेको आरोप छ। सरकारले उनलाई पक्राउ गर्न एक करोड़भन्दा बढी रुपियाँको इनाम घोषणा गरेको थियो।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande