श्री सत्य साईं बाबाको शताब्दी विश्वव्यापी प्रेम, शान्ति र सेवाको उत्सव : प्रधानमन्त्री
PM modi


- गरीबहरूको हितका लागि बनाइएका हाम्रा सामाजिक सुरक्षा योजनाहरू अब अन्तरराष्ट्रिय मञ्चहरूमा चर्चाको विषय : प्रधानमन्त्री

पुट्टापर्ती (आन्ध्र प्रदेश), 19 नोभेम्बर (हि.स.)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने, श्री सत्य साईं बाबाको शताब्दी वर्ष केवल धार्मिक वा सांस्कृतिक कार्यक्रम होइन, विश्वव्यापी प्रेम, शान्ति र सेवाको महान् उत्सव हो। श्री सत्य साईं बाबाले “वसुधैव कुटुम्बकम्” भन्ने भारतीय विचारलाई विश्वव्यापी अर्थ दिए र आज पनि उनका शिक्षाले करोड़ौं मानिसहरूलाई प्रेरणा दिइरहेको छ। प्रधानमन्त्री मोदी आज आन्ध्र प्रदेशको पुट्टापर्तीमा आयोजित श्री सत्य साईं बाबाको शताब्दी समारोहलाई सम्बोधन गर्दै थिए। प्रधानमन्त्रीले १०० रूपियाँको स्मारक सिक्का र विशेष हुलाक टिकट पनि सार्वजनिक गरे। उनले भने, बाबाले जीवन र कार्यको माध्यमबाट मानवताको लागि सेवा, प्रेम र करुणाको सन्देश दिनु भएको थियो। पुट्टापर्ती सधैं आध्यात्मिक चेतनाको केन्द्र रह्यो र यहाँ हुनु मेरो लागि एक भावनात्मक अनुभव हो। मोदीले बताए, समारोहमा सहभागी हुनुअघि श्री सत्य साईं बाबाको समाधिमा श्रद्धाञ्जली अर्पण गर्ने सौभाग्य प्राप्त भयो, जुन अत्यन्त प्रेरणादायी रह्यो।

उनले भने, भारतीय सभ्यताको जरा सेवासंग जोडिएको छ र यो भावना हाम्रो धर्म, दर्शन तथा परम्परामा गहिरो रूपमा निर्मित छ। चाहे भक्तिको मार्ग होस्, ज्ञानको मार्ग होस् वा कर्मको, हरेक मार्ग सेवा तर्फै लैजान्छ। यही परम्परालाई श्री सत्य साईं बाबाले आफ्नो सम्पूर्ण जीवनमा बाँच्नुभयो। प्रधानमन्त्रीले भने, बाबाको सन्देश केवल आश्रमहरू वा प्रवचनसम्म सीमित छैन्, समाजका हरेक भागमा देखिन्छ, शहरी क्षेत्रदेखि आदिवासी बस्तीहरूसम्म, शिक्षा देखि स्वास्थ्य सेवासम्म।

प्रधानमन्त्री मोदीले भने, बाबाका अनुयायी मानव सेवा नै भगवान् सेवा हो भन्छन् र यही भावना अहिले पनि लाखौं मानिसहरूलाई निःस्वार्थ भावले समाजको सेवा गर्न प्रेरित गर्दछ। उनले बाबा का भनाइ उद्धृत गर्दै भने, “सहयोग सदैव गर, कहिल्यै नदुखाउ। बढी कुरा न गर, बढी काम गर।” यी शिक्षाहरू अहिलेको समयमा समाजलाई एकतामा जोड्ने सबैभन्दा ठूलो शक्ति हो। प्रधानमन्त्रीले समारोहमा ‘सुकन्या समृद्धि योजना’ अन्तर्गत २० हजार छोरीहरूको नाममा नयाँ खाता खोलिने घोषणा गरे। उनले भने, दश वर्षअघि केन्द्र सरकारले छोरीहरूको शिक्षा र सुरक्षित भविष्यलाई ध्यानमा राखेर यो योजना शुरू गरेको थियो। यस योजनामा सबैभन्दा बढी ८.२ प्रतिशत ब्याज छोरीहरूले पाउँछन्।

प्रधानमन्त्री मोदीले जानकारी दिंदै भने, अहिलेसम्म सम्पूर्ण भारतमा ४ करोड़भन्दा बढी छोरीहरूको खाता खोलिएका छन् र ती खातामा जम्मा ३.२५ लाख करोड़ रुपियाँभन्दा बढी रकम जम्मा भइसकेको छ। श्री सत्य साईं परिवारले २० हजार नयाँ खाता खोल्नु ‘बेटी बचाओ, बेटी पढ़ाओ’ अभियानमा समाजको सहकार्यको एक सशक्त उदाहरण हो।प्रधानमन्त्रीले विगत ११ वर्षमा देशमा सामाजिक सुरक्षा बलियो बनाउन थुप्रै योजना शुरु गरिएको बताए। सन् २०१४ मा केवल २५ करोड़ मानिस मात्र सामाजिक सुरक्षा अन्तर्गत थिए भने आज करिब १०० करोड़ पुगेका छन्। उनले भने, गरीबहरूको कल्याणका लागि बनाइएका सामाजिक सुरक्षा योजनाबारे अहिले अन्तरराष्ट्रिय स्तरमा पनि चर्चा भइरहेको छ, जुन भारतका लागि ठूलो उपलब्धि हो।

सरकार गरीब, वञ्चित र पछाडिएका वर्गहरूको जीवनमा सुरक्षा र सम्मान सुनिश्चित गर्न निरन्तर काम गर्दैछ। उज्ज्वला योजना, आयुष्मान भारत, पीएम श्रम योगी मानधन योजना र जनधन योजना जस्ता योजनाहरूले सबैभन्दा कमजोर वर्गहरूलाई सुरक्षा कवच दिएको छ। मोदीले रवाण्डामा भारतले २०० गिर गाई दान दिएको र त्यसपछि ‘गिरिंका’ परम्परालाई प्रोत्साहन गरेको उल्लेख गरे, जहाँ पहिलो बाछो छिमेकीलाई दिइन्छ। यसले गाउँघरमा पोषण, दूध उत्पादन, आय र सामाजिक एकता बलियो बनाएको छ। उनले भने, भारतका यी पहलहरूले विश्वस्तरमा भारतको जिम्मेवार र सहयोगी राष्ट्रको छवि बनाएको छ।

प्रधानमन्त्री मोदीले ‘लोकल फोर वोकल’ अभियानमा विशेष जोड दिएका छन्। उनले भने, स्थानीय उत्पादक, कारीगर र उद्यमीहरूलाई प्रोत्साहन दिएर देशले आत्मनिर्भरता कोर्यो भने त्यसले देशको आर्थिक मजबूती मात्र होइन, संस्कृति र परम्पराहरूको संरक्षण पनि हुन्छ। उनले श्री सत्य साईं बाबाको शताब्दी वर्षले समाजलाई सेवा र समर्पणतर्फ प्रेरित गरिरहेको उल्लेख गर्दै सबैलाई शुभकामना दिए। उनले भने, उनका शिक्षाहरू भावी पुस्ताका लागि ज्ञान र प्रकाशका स्रोत बनी रहने छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande