
रायपुर, १९ नोभेम्बर (हि.स.)।छत्तीसगढ़मा आतङ्कवाद निरोधक दस्ताले (एटीएस) दुई यस्ता नाबालिगहरूको पहिचान गरेको छ, जसलाई इन्स्टाग्राममार्फत पाकिस्तानस्थित ह्यान्डलरहरूले सम्पर्क गरेका थिए। तीमध्ये एक रायपुर र अर्का भिलाई निवासी हुन्।
खुफिया एजेन्सीले डेढ वर्षदेखि ती नाबालिगहरूमाथि नजर राखिरहेको थियो। उनीहरूको मोबाइलबाट कट्टरपन्थी प्रचार गर्ने धेरै म्यासेज र भिडियो फेला परेका छन्। आईएसआईएसले ती नाबालिगहरू मार्फत भित्री जानकारी लिने प्रयास गरिरहेका थिए। जाँचमा थाहा भयो कि ती युवकहरू सामाजिक सञ्जालमार्फत पाकिस्तानमा रहेका ह्यान्डरहरूसँग जोडिएका थिए।एटीएसले यो मामिलामा गैरकानुनी गतिविधि (निवारण) ऐन, १९६७ अन्तर्गत पहिलो एफआईआर दर्ता गरेको छ। इन्स्टाग्राममा बनाइएको नक्कली अकाउन्ट मार्फत युवाहरूलाई जोडेर कट्टरपन्थी विचारधारा फैलाइएको थियो। ह्यान्डरहरूले भारतीय किशोरहरूलाई समूह च्याटमा राखेर कट्टरपन्थी बनाउन भड्काइरहेका थिए र छत्तीसगढ़मा आईएसआईएसको मोड्युल खोल्न प्रेरित गरिरहेका थिए। पक्राउ परेका युवकहरूमा एकका पिता सीआरपीएफका जवान हुन्।अधिकारीहरूको भनाइ अनुसार, यो छत्तीसगढ़मा आईएसआईएससँग सम्बन्धित पहिलो घटना हो र जाँच जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी